

विश्वभर कोरोना : पाँच करोड बढी सङ्क्रमित

कात्तिक २३, काठमाण्डौ ।
विश्वभर कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या पाँच करोड नाघेको छ । दुई सय १६ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म पाँच करोड तीन लाख ५० हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको वल्डोमिटरले जनाएको छ ।
सङ्क्रमितमध्ये १२ लाख ५७ हजार चार सय भन्दा धेरैको ज्यान गइसकेको छ भने तीन करोड ५६ लाख भन्दा धेरै निको भइसकेका छन् । विश्वमा अहिले एक करोड ३४ लाख ९१ हजार भन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् ।
कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित बनेको अमेरिकामा एक करोड एक लाख ८५ हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा दुई लाख ४३ हजार भन्दा धेरैको ज्यान गइसकेको छ भने ६४ लाख ४२ हजार भन्दा धेरै निको भएका छन् ।
विश्वका नौ वटा देशमा १० लाख भन्दा धेरैमा सङ्क्रमण भएको छ । प्रभावितहरुको दोस्रो सूचीमा रहेको भारतमा ८५ लाख सात हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । भारतमा एक लाख २६ हजार भन्दा धेरैको ज्यान गइसकेको छ भने ७८ लाख ६८ हजार भन्दा धेरै निको भएका छन् । कोरोना सङ्क्रमित भेटिएका आठ वटा देशले सक्रिय सङ्क्रमितको सङ्ख्या शून्यमा झारेर कोरोना सङ्क्रमणमुक्त भएका छन् ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया