

कुवेतमा बस दुर्घटनामा परी दुई नेपालीको मृत्यु



कार्तिक २१, ई–साझाकुरा
कुवेतमा एउटा बस दुर्घटनामा परी दुईजना नेपालीको मृत्यु भएको छ । उनीहरू एउटै कम्पनीमा कार्यरत रहेकाे बताइएकाे छ ।
उनीहरू कार्यरत कम्पनीकाे बसलाई विपरीत दिशाबाट आइरहेको मालवाहक गाडीले ठक्कर दिँदा दुर्घटना भएको थियाे । साे क्रममा घाइते भएका ती दुवै जनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।
कुवेतस्थित नेपाली राजदूतावासले दिएकाे जानकारी अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा जाजरकोटका दीपक सिंह ठकुरी र अर्का एक जना ठेगाना नखुलेका पल बहादुर पुन रहेका छन् । घाइते भएर उपचारका क्रममा ठकुरीको नोभेम्बर ४ तारिखमा र पुनको नोभेम्बर ५ तारिखमा दिन मृत्यु भएको हाे ।
उनीहरू दुवैजना कुवेतको सीजीजीसी कम्पनीमा कार्यरत थिए । त्यसदिन काम सकेर कोठा फर्किने क्रममा दुर्घटना भएकाे थियाे । मृतक ठकुरी ३ वर्षदेखि कुवेतमा कार्यरत थिए । उनको घरमा छोराछोरी र श्रीमती रहेका छन् । मृतक पुनकाे भनेकाे नेपालकाे ठेगाना र पारिवारिक स्राेत खुल्न नसकेकाे जनाइएकाे छ ।
दूतावासले कम्पनीसँग समन्वय गरेर मृत दुवै जनाको शवलाई नेपाल पठाउने जनाएको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया