

अमेरिकामा निर्वाचन : ट्रम्प र बाइडेनबीच कडा प्रतिस्पर्धा





कार्तिक १८ एजेन्सी ।
अमेरिकामा राष्ट्रपतीय निर्वाचन आज आज हुँदै छ । यसका लागि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो बाइडेनबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
७४ वर्षीय ट्रम्प दोस्रोपटक तथा ७४ वर्षकै बाइडेन पहिलोपटक राष्ट्रपति हुने आकांक्षा राखेका छन् । दुवैमध्ये जो निर्वाचित भए पनि अमेरिकाको भविष्य बुढा नेताकै काँधमा पर्ने देखिएको विशलेषण भइरहेको छ ।
ट्रम्प वर्तमान राष्ट्रपति हुन भने अर्का उम्मेदवार बाइडेन बाराक ओबामा राष्ट्रपति हुँदा उपराष्ट्रपति थिए ।
कोरोना महामारीका कारणले मानवीय क्षति अत्यधिक बेहोरेको अमेरिकाले आगामी दिनमा स्वास्थ्य, आर्थिक र सामाजिक रणनीति कसरी तय गर्छ भन्ने विषयले यो चुनाव झन् महत्वपूर्ण भएको विश्लेषकको भनाइ छ ।
आगामी चार वर्षका लागि निर्वाचित हुने विश्वकै शक्तिशाली पद मानिने राष्ट्रपतिको यो निर्वाचन र त्यसपछि आउने नेतृत्वलाई केवल वर्षको समयावधिसँग मात्र तुलना नहुने विश्लेषकहरुको दाबी छ ।
सन् १९१८ मा देखापरेको स्पेनिस फ्लुपश्चात् एक सय वर्षमा आइलागेको कोरोना भाइरस र यसले पारेको गम्भीर असरलाई दीर्घकालीन रूपमा कसरी व्यवस्थापन गर्ने भन्ने विषय समेत यसै निर्वाचनसँग जोडिएको छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया