

चीनले भन्यो : नेपालको भूमि अतिक्रमण गरिएको छैन



कात्तिक १८ काठमाडौं ।
उत्तरी छिमेकी चीनले नेपालको भूमि अतिक्रमण नगरेको दाबी फेरि दोहोर्याएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले हुम्लामा नेपाली भूमि कब्जा गरेको भन्दै सञ्चारमाध्यममा आएका समाचारहरु आधारहीन भएको बताएका छन्।
सोमबार बेलायतको पत्रिका द टेलिग्राफले चीनले नेपालको १ सय ५० हेक्टर जमिन मिचेको समाचार छापेको थियो। चीनले नेपाली भूमि मिचेर संरचना निर्माण गरेको दाबीसहितको समाचार आएपछि यसबारे प्रतिक्रिया आएको हो।
त्यो समाचारको खण्डन गर्दै विदेश प्रवक्ता वेनबिनले नेपालको भूमि चीनले नमिचेको दोहोर्याएका हुन्। चीनले सन् १९५० मा तिब्बतमा नियन्त्रण जमाएको थियो।
त्यसलाई ‘शान्तिकारी मुक्ति’ भनेर चर्चा गरिएको छ। नेपाली र भारतीय सञ्चारमाध्यममा चीनले हुम्लामा नेपालको भूमि अतिक्रमण गरेको समाचार बनेको थियो।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि हुम्लामा चीनले नेपालको भूमि मिचेर दुई किलोमिटर भित्र छिरी भवनहरु बनाएको ठहर गरेको थियो। यसअघि परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित चिनियाँ दूतावासले दुई देशबीच सीमा विवाद नरहेको जनाएका थिए।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया