

बेलायतको घोषण एक महिना लकडाउन



ई–साझाकुरा, कार्तिक १६
बेलायतमा पुन एक महिनाका लागि लकडाउन घोषणा गरिएको छ। कोरोना संक्रमण नियन्त्रणमा नआएपछि प्रधानमन्त्री बोरिस जोनसनले चार हप्ता लकडाउनको घोषणा गरेका हुन्।
कोरोना संक्रमण बढ्दै गएपछि बेलायतमा दोस्रो पटक लकडाउनको घोषणा गरिएको हो। बेलायतमा प्रतिदिन २० हजार भन्दा बढी कोरोना संक्रमित थपिन थालेपछि पुन लकडाउन गरीएको हो।

यसअघि मार्च २३ देखि जुलाइ ४ सम्म लकडाउनको घोषणा गरिएको थियो। सरकारको निर्णयसँगै आगामी डिसेम्बरसम्म अत्यावश्यक कामबाहेक घर बाहिर नजान सर्वसाधारणलाई आग्रह गरिएको छ। यस्तै रेष्टुराँ, जिमखाना र पबलगायत सर्वसाधारणको भीड हुने सेवा प्रदायकहरुलाई पनि बन्द गराइएको छ।
प्रधानमन्त्री जोनसनले पत्रकार सम्मेलन गरेर आवश्यक पसल, शिक्षण संस्था र खेलका प्रतियोगिताहरु भने जारी रहने बताए। उनले ती सेवाहरु पनि सुरक्षाका मापदण्ड पूरा गरेर मात्र सञ्चालन गर्न पाइने बताए। उनले क्रिसमसमा कोरोना फैलन नदिन सतर्कता अपनाएको दावी गरेका छन्। कोरोनाका कारण मृत्यु हुनेको संख्यामा बेलायत पाँचौ राष्ट्र हो।
अमेरिका, ब्राजिल, भारत र मेक्सिकोपछि बेलायतमा कोरोना संक्रमितको मृत्यु दर उच्च रहेको छ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया