

अमेरिकामा हालसम्मकै सर्वाधिक १ लाख १ हजारबढी दैनिक संक्रमण पुष्टि



कार्तिक १५, ई–साझाकुरा
संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसबाट दैनिक संक्रमित हुनेकाे संख्या अहिलेसम्मकै उच्च विन्दूमा पुगेको छ । शुक्रबार हालसम्मकै सर्वाधिक १ लाख १ हजार ४६१ जना संक्रमित थपिएका छन् ।
पछिल्लाे समय अमेरिका तथा युराेपमा चिसाे बढेसँगै काेराेना भाइरसकाे संक्रमण पनि तीव्र बढेकाे बताइन्छ । अहिलेसम्म कुनै पनि देशमा १ लाखभन्दा बढी दैनिक संक्रमित फेला परेको थिएन, अमेरिकामा नै पहिलोपटक यति धेरै संख्यामा दैनिक संक्रमित देखिएका हुन् । बिहीबार पनि त्यहाँ ९१ हजार ८३४ नयाँ संक्रमित फेला परेका थिए ।
वर्ल्डोमिटर्सका अनुसार शनिबार बिहानसम्म अमेरिकामा काेराेना भाइरसबाट संक्रमित हुनेकाे कुल संख्या त्यहाँ ९३ लाख १६ हजार नाघेकाे छ । साथै अहिलेसम्म २ लाख ३५ हजार १५९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्र त्यहाँ ९८८ जनाले ज्यान गुमाएका छन् ।
अमेरिकापछि सबैभन्दा बढी दैनिक संक्रमण फ्रान्समा देखिएकाे छ । त्यहाँ शुक्रबार ४९ हजार २१५ जनामा संक्रमण पुष्टि भएकाे छ भने ५४५ जनाले ज्यान गुमाएका छन् । त्यसपछि भारतमा बढी दैनिक संक्रमित देखिएका छन् । त्यहाँ शुक्रबार ४८ हजार १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ । त्यहाँ पछिल्लो २४ घण्टामा ५५० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको कुल संख्या १ लाख २१ हजार ६८१ पुगेको छ ।

शनिबार बिहानसम्म विश्वभर ४ करोड ५८ लाख ९८ हजारभन्दा बढी जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विश्वमा शुक्रबा एक दिनमा ५ लाख ७३ हजार ६१६ जनामा संक्रमण पुष्टि भएकाे छ भने ७ हजार ४९० जनाले ज्यान गुमाएका छन् । गत सालकाे डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर अहिलेसम्म ११ लाख ९३ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । वर्षदिन हुन लाग्दा समेत काेराेना भाइरसकाे कुनै प्रभावकारी उपचार पत्ता लाग्न सकेकाे छैन ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया