

रोमानियामा रहेका ५ सय नेपालीमा काेराेना





ई–साझाकुरा, कार्तिक १४
युरोपेली मुलुक रोमानियामा रहेका नेपालीमध्ये करिब ५ सय जनामा कोराेना संक्रमण देखिएकाे छ ।
हालसम्म ५ सयजति नेपाली संक्रमित भएकाेमा तीमध्ये २ दर्जन नेपालीको अवस्था गम्भीर रहेकाे जनाइएकाे छ । तर केही संक्रमितले भने उपचारपछि स्वास्थ्य लाभ गरिसकेका छन् ।
संक्रमितमध्ये केही भने घर/डेरामा आइसोलेसनमा रहेकाे जनाइएकाे छ । खासगरी तोताल अटो सर्भिस कम्पनीमा कार्यरत, सुसी रेस्टुरेन्टमा कार्यरत र भवन निर्माणलगायत क्षेत्रमा कार्यरत नेपालीमा कोराेना संक्रमण देखिएको रोमानियाका लागि नेपाली वाणिज्यदूत नवराज पोखरेलले जानकारी दिए । उनका अनुसार हाल रोमानियाका अस्पतालहरू कोराेना संक्रमित बिरामीले भरिएका छन्, त्यसैले पनि संक्रमित नेपालीहरू घरमै बस्न बाध्य भएका हुन् ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया