

विश्वभर हालसम्मकै सर्वाधिक एकै दिन ५ लाख संक्रमित थपिए, मृत्युसंख्या पनि बढ्दै



कार्तिक १३, ई–साझाकुरा
विश्वभर कोरोना भाइरस संक्रमणमा कमी आउनुको सट्टा झन तीव्र रुपले बढ्दै गएको छ । बुधबार एकै दिनमा विश्वभर हालसम्मकै सर्वाधिक ५ लाखभन्दा बढी संक्रमित थपिएका छन् ।
वर्ल्डोमिटर्सका अनुसार बुधबार विश्वभर ५ लाख २ हजार ९८५ जनामा संक्रमण पुष्टि भएका छ । यो हालसम्म एकै दिन पुष्टि हुने सर्वाधिक संक्रमित संख्या हो । यसअघि अक्टोबर २३ का दिन पनि उच्च संख्यामा ४ लाख ९२ हजार ६८३ जनामा संक्रमण पुष्टि भएको थियो । साथै विश्वभर पछिल्लाे २४ घण्टामा ७ हजार ९५ जनाकाे संक्रमणकै कारण मृत्यु भएकाे छ ।
पछिल्लो समय संयुक्त राज्यमा अमेरिकामा संक्रमण र मृत्युदर झन बढ्दै गएको छ भने भने भारतमा घटिरहेको छ । अमेरिकामा बुधबार ८० हजार नयाँ संक्रमित थपिएका छन् भने १ हजार ३० संक्रमितले ज्यान गुमाएका छन् । यससँगै त्यहाँ कुल संक्रमित संख्या ९१ लाख १९ हजार नाघेको छ, मृतक संख्या पनि २ लाख ३३ हजार नाघेको छ ।
उता भारतमा भने तुलनात्मक रुपमा संक्रमण कम देखिएको छ । त्यहाँ बुधबार ४९ हजार ९१२ जनामा संक्रमण पुष्टि भएको छ भने ५०९ जनाको ज्यान गएको छ । यससँगै भारतमा कुल संक्रमित संख्या ८० लाख ३८ हजार नाघेको छ भने कुल मृतक संख्या १ लाख २० हजार नाघेको छ ।
पछिल्लो समय युरोपेली मुलुक फ्रान्समा संक्रमण तीव्र गतिमा बढ्दै छ । त्यहाँ बुधबार एकै दिन ३६ हजार ४३७ जनामा संक्रमण पुष्टि भएको छ भने २४४ जनाले ज्यान गुमाएका छन् । उता ब्राजिलमा पनि बुधबार २८ हजार ८५२ जना संक्रमित थपिएका छन् भने ४८७ जनाले ज्यान गुमाएका छन् ।
पछिल्लो समय चिसो मौसम लागेसँगै युरोपेली देशहरु इटाली, बेलायत, स्पेन, पोल्यान्ड आदिमा दैनिक संक्रमणका केसहरु पनि उकालो लाग्दै गएका छन् ।



खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया