अमेरिकी विदेशमन्त्री पोम्पेओ भारत हुँदै श्रीलंका

कार्तिक १३, ई–साझाकुरा

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ मंगलबार श्रीलंका पुगेका छन् । विदेमन्त्री पोम्पेओ मंगलबार भारतबाट श्रीलंका पुगेको समाचारमा जनाइएको छ । श्रीलंकाको राजधानी कोलम्बोबाट प्राप्त भएको समाचारमा सो कुराको जानकारी गराइएको हो ।

अमेरिकी विदेशमन्त्री पोम्पेओ हाल भारतको भ्रमणमा थिए, भारतको भ्रमण सकेर मंगलबार साँझ श्रीलंकाको राजधानी कोलम्बो पुगेको बताइएको छ ।

उनले श्रीलंकाको राजधानी कोलम्बो पुगेर ट्वीटमार्फत आफ्नो भ्रमणको बारेमा जानकारी दिँलै आफूलाई श्रीलंकाली नेताहरुले गरेको स्वागतप्रति धन्यवाद पनि ज्ञापन गरेका छन् ।

उनले आफूलाई श्रीलंकाली अधिकारीहरुले न्यानो स्वागत र अभिवादन गरेको भन्दै त्यसका लागि धन्यवाद दिएका हुन् । विदेशमन्त्री पोम्पेओले श्रीलंकामा यहाँका उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने बताइएको छ ।

प्रतिक्रिया

खबर सबै