

इटालीमा फेरि बढ्यो संक्रमण,संक्रमित एकैदिन १९ हजारबढी



एजेन्सी, कार्तिक ८
युराेपकाे काेराेना सेन्टर मानिएकाे इटालीमा फेरि संक्रमणले गति लिएकाे छ । त्यहाँ पछिल्लो २४ घण्टामा हालसम्मकै सर्वाधिक काेराेना संक्रमित फेला परेका छन् ।
इटालीको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार त्यहाँ १ लाख ८२ हजार स्वाब परीक्षण गर्दा १९ हजार १४३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको हो । वर्ल्डाेमिटर्सले पनि याे तथ्यांक अपडेट गरेकाे छ ।
एकैदिन १९ हजारबढी संक्रमित थपिएसँगै इटालीमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ८४ हजारभन्दा बढी पुगेकाे छ, जसमध्ये सक्रिय संक्रमित संख्या १ लाख ८६ हजारभन्दा बढी रहेको छ ।

इटलीमा हालसम्म ३७ हजार ५९ जनाको काेराेना संक्रमणकै कारण मृत्यु भएको वर्ल्डाेमिटर्सले जनाएको छ । त्यहाँ शुक्रबार मात्रै थप ९१ जनाकाे मृत्यु भएको छ । तर त्यहाँ हालसम्म २ लाख ६१ हजार भन्दा बढी मानिस भने संक्रमणमुक्त भइसकेका छन् ।
कोरोना संक्रमण युरोपमा फैलिँदा भाइरसको इपिसेन्टर बनेको इटालीमा फेरि संक्रमणको गति बढेको हो । संक्रमण बढेसँगै इटाली सरकारले गत हप्ता रात्रिकालिन कर्फयु सहितको नयाँ प्रतिबन्ध लागू गरेको थियो ।
युराेपका अन्य देशहरू बेलायत, फ्रान्स, स्पेन, रूस, बेल्झियम लगायतमा पनि संक्रमण दर तीव्र रूपमा बढिरहेकाे छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया