

रियलको लज्जास्पद हार



कार्तिक ६, खेल खबर
दोस्रो रोजाइका खेलाडी उतारेको युक्रेनियन टोली शाख्तार डोनेस्कसँग १३ पटकको च्याम्पियन्स लिग विजेता रियल म्याड्रिड आफ्नै घरेलु मैदानमा पराजित भएको छ । कारोनाभाइरसको संक्रमणका कारण युक्रेनियन टोली पहिलो रोजाइका १३ खेलाडी बिना नै युवा खेलाडीहरुलाई लिएर म्याड्रिड आएको थियो । तर, लुइस कास्ट्रोको युवा टोलीले रियलविरुद्ध ३–२ को ऐतिहासिक जित हासिल गर्न सफल रह्यो ।
शनिबारको एल क्लासिकोलाई मध्य नजर राख्दै जिदानले खेलाडीहरुलाई आराम दिनु प्रत्युत्यपादक बन्यो । पहिलो हाफमा नै शाख्तारले ३–० को अग्रता दिएको थियो । टेटेले भरान र मार्सेलोको गल्तीको फाइदा उठाउँदै शाख्तारलाई अग्रता दिलाए भने भरानको आत्मघाती गोलले पाहुना टोलीको अग्रता दोब्बर भयो । पहिलो हाफको अन्त्यतिर सोलोमोनले तेस्रो गोल थपे ।

दोस्रो हाफमा आराम दिइएका करिम बेन्जेमालाई मैदानमा उतारेपछि रियलले केही सुधारिएको प्रदर्शन गर्यो । लुका मोड्रिच र भिनिसियस जुनियरले दोस्रो हाफमा गोल फर्काए पनि रियल खेलमा फर्कन सकेन ।
रियलले युरोपियन कप प्रतियोगितामा लगातार तीन खेल हारेको सन् १९८६ पछि पहिलो पटक हो । खेलपछि रियलका म्यानेजर जिनेदिन जिदानले हारको जिम्मेवारी लिए ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया