

हिन्दी नायक फिलिममा जस्तै फिनल्याण्डमा १६ वर्षीया किशोरी एक दिनका लागि प्रधानमन्त्री



एजेन्सी, असोज २३
फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिन देशको सबैभन्दा युवा प्रधानमन्त्री हुनुहुन्छ । तर भर्खर मात्रै उहाँले प्रधानमन्त्रीको पद एक दिनका लागि १६ वर्षीया एक किशोरीलाई सुम्पिनुभएको छ ।

सन्ना मरिनले किशोरीहरुको अवाज बुलन्द गर्नको लागि यस्तो कदम उठाउनुभएको हो । किशोरीहरुको अधिकारलाई बढावा दिनका लागि सन्ना मरिनले दक्षिण फिनल्याण्डको वास्कीमा रहने १६ वर्षीया किशोरी आभा मुर्टाेलाई एक दिनको लागि प्रधानमन्त्रीको कुर्सी सुम्पिनुभएको हो । प्रधानमन्त्रीको पद पाएपछि आभाले यो दिन आफ्नो लागि निकै रोमाञ्चक दिन भएको बताएकी छिन् ।
सञ्चारमाध्यमसँग भेटघाट, चान्सलरसँग बैठक
आभाले देशको प्रधानमन्त्री बन्दाको क्षण निकै खास भएको बताएकी छिन् । प्रधानमन्त्रीको रुपमा उनले न्यायका चान्सलरसँग बैठक पनि गरेकी थिइन् र यस क्रममा उनले सञ्चारमाध्मयसँग कुराकानी पनि गरेकी थिइन् ।
आभाले जलवायु परिवर्तन र मानव अधिकारसँग जोडिएका मुद्दाको सक्रिय रुपमा प्रचारप्रसार गर्दै आएकी छिन् । उनलाई गर्ल्स टेकओभर नामक अभियानमार्फत एक दिनका लागि प्रधानमन्त्री बनाइएको हो । यो अभियानको मुख्य उद्देश्य किशोरीहरुको डिजिटल क्षमता निखार्न र अवसरको बारेमा जानकारी दिनु हो ।
कस्तो रह्यो अनुभव ?
यस अभियानको एक प्रमुख प्रयास भनेको महिलाविरुद्ध लगातार अनलाइन प्लेतफर्ममा बढिरहेको उत्पीडन सबैको अघि ल्याउनु थियो । एक दिनको लागि प्रधानमन्त्री बनेकी आभाले यस खास दिनमा धेरै कुरा सिकेको बताइन् ।
किशोरीहरुले सञ्चार र प्रविधिको क्षेत्रमा किशोरले भन्दा राम्रो तरिकाले काम गर्न सक्ने महसुस गर्नुपर्ने उनले भनिन् । आभाका अनुसार जसको उमेर १८ वर्षभन्दा धेरै छ, उनीहरुले अझै सिर्जनात्मक बन्ने कोसिस गर्नुपर्छ ।
के हो अभियान ?
यद्यपि एक दिनका लागि प्रधानमन्त्री बनेकी आभाले कुनै नयाँ कानुन त बनाइनन् तर यस क्रममा उनले विभिन्न नेतासँग भेट गरिन्, जो सञ्चार र प्रविधिको क्षेत्रमा महिला अधिकारको लागि काम गरिरहेका छन् ।
गर्ल्स टेकओभर नामको अभियान विश्वका कैयौँ देशमा चलाइएको छ, जसअनुसार किशोरीहरुलाई राजनीतिक क्षेत्रमा एक दिनको लागि कदम राख्ने अनुमति दिइन्छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया