

दशैँमा नयाँ नोट जुनसुकै बैंकबाट साट्न सकिने



असोज २१ काठमाडौं ।
यसपटक नेपाल राष्ट्र बैंकले दशैको नयाँ नोट साट्न आफ्ना विभिन्न शाखा कार्यालयमा सर्वसाधारणलाई लाइन लगाउने छैन । कोरोना माहामारीका कारण लाइन लगाउन सम्भव पनि छैन । तर दशैमा दक्षिणाका रुपमा दिइने नयाँ नोट चाहिएको छ भने अब राष्ट्र बैंक होइन तपाईँ आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट लिन सक्नुहुनेछ ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार नयाँ आफूहरुले बैंक तथा वित्तिय संस्थालाई उपलब्ध गराउने र उनीहरु मार्फत नै आम सर्वसाधारणले लिन सक्नेछन् । भट्ट भन्छन्, ‘यसपटक हामी लाइन लगाएर बाँढ्ने पक्षमा छैनौँ । यदि नयाँ नोट चाहिए हामी बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराउँछौ । उनीहरु मार्फत सर्वसाधारणले लिन सक्छन् ।’
पहिले दशैँलाई मात्र नयाँ नोट साटिने व्यवस्था भएपनि नोट सटहीलाई राष्ट्र बैंकले समावेशी बनाइसकेको छ । गाईजात्रा, गौरा पर्व, तीज, उभौली, नयाँ वर्ष, छठ, जितिया पर्व, माघीजस्ता चाडमा पनि नयाँ नोट सटहीको सुविधा दिइँदै आएको छ ।
कोरोना माहामारीका कारण यस पटकको दशैँमा सरकारले काम तथा पढाइको शिलशिलामा अन्यत्र भएकाहरुलाई घर नफर्कन समेत आग्रह गरेको छ । जो जहाँ छन् त्यहीँ दशैँ सरकारको आग्रह छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया