

मस्जिद तोडफोडको २८ वर्षपछि आडवाणी–मुरली मनोहरसहित ३२ जनालाई सफाइ



ई–साझाकुरा, असोज १४
उत्तर प्रदेशको अयोध्यामा रहेको बाबरी मस्जिद तोडफोड भएको २८ वर्षपछि लखनऊको विशेष अदालतले सोमबार ठूलो फैसला सुनाएको छ । न्यायाधीश एसके यादवले लालकृष्ण आडवाणी, मुरली मनोहर जोशी, उमा भारती समेत ३२ आरोपीलाई सफाइ दिएको छ । यस मुद्दामा कूल ४८ जनामाथि आरोप लगाइएको थियो । यसमध्ये १६ जनाको यसअघि नै निधन भइसकेको छ ।

लालकृष्ण आडवाणी, मुरली मनोहर, जोशी, उमा भारती, शिवसेनाका पूर्व सांसद सतीश प्रधान, महन्त नृत्य गोपाल दास र पूर्व मुख्यमन्त्री कल्याण सिंह भिडियो कन्फरेन्सको माध्यमबाट सुनुवाइ प्रक्रियामा भाग लिएका थिए । उनीहरु बाहेक २६ जना आरोपी अदालतमा उपस्थित थिए ।
बाबरी मस्जिदको मुद्दामा न्यायाधीश एसके यादवको कार्यकालको अन्तिम फैसला रह्यो । उनी सन् २०१९ को डिसेम्बरमा सेवानिवृत हुने थिए । तर, सर्वोच्च अदालतले फैसला नसुनाएसम्म सन् २०२० को सेप्टेम्बर ३० सम्मका लागि उनको सेवा विस्तार गरेको थियो ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया