



युक्रेनमा सैन्य विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु


एजेन्सी, असोज ११
युक्रेनमा एक सैन्य विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । खार्किभ एयर फोर्स विश्वविद्यालयका प्रशिक्षार्थी विद्यार्थी सवार विमान अवतरणको क्रममा युक्रेनको पूर्वी शहर खार्किभमा दुर्घटनामा परेको हो ।
मृतक अधिकांश वायु सेनाका प्रशिक्षार्थी जवान रहेको युक्रेनका अधिकारीलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रुसी आपत्कालीन मन्त्रालयका अधिकारीले विमानमा २८ जना रहेको बताएका छन् ।दुर्घटनामा दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
बेपत्ता चार जनाको खोजी भइरहेको स्थानीय अधिकारीले बताएका छन् ।दुर्घटनापछि विमानमा आगो लागेको थियो । विमान दुर्घटनाको कारण खुलेको छैन ।

खबर सबै
-
मंसिरमा महोत्सवमय बन्दै कपिलवस्तु
-
बाणगंगा–१ को नवनिर्मित नयाँ प्रशासनिक वडा कार्यालय भवन उद्घाटन
-
१६ औं कपिलवस्तु महोत्सवमा यसपटक टिकटक भिडियो प्रतियोगिताः सिर्जनशीलता र सकारात्मक प्रचारलाई प्रोत्साहन गरिने
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
ईपीएस भाषा परीक्षा आजदेखि, पहिलो प्राथमिकता उत्पादन क्षेत्र
-
प्यूठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते, तीन जनाको अवस्था गम्भीर
-
नयाँ राजनीतिक दल दर्ताको लागि समय थपियो, मंसिर ६ सम्म निवेदन दिन सकिने







प्रतिक्रिया