

संविधान दिवसका अवसरमा कपिलवस्तु कारागारबाट एक भारतीयसहित चार जना कैदीबन्दीलाई रिहा



ई–साझाकुरा, असोज ३
संविधान दिवसका अवसरमा कपिलवस्तु कारागारबाट एक भारतीयसहित चार जना कैदीबन्दीलाई रिहा गरिएको छ । असल चालचलन र ५० प्रतिशत कैद सजाय भुक्तान गरेका उनीहरुलाई शनिबार रिहा गरिएको हो ।

कारागार कार्यालयले कारागार ब्यवस्थापन बिभागमा पठाएको सिफारिश रहेको थियो । त्यसै आधारमा राष्ट्रपतिको आदेशानुसार संविधान दिवसमा जिल्लाका चार कैदीलाई रिहा गरिएको कारागारका जेलर राकेश पाण्डेले बताए ।
खरखजाना मुद्दाका भारतीय नागरिक एक जना, कर्तब्य ज्यान र कुटपिट मुद्दाका कपिलवस्तुका २ जना र सरकारी कागज किर्ते मुद्दाका बाराका एक जना कैदी रिहा भएका हुन् । संविधान दिवसमा नेपालमा २ सय ८९ जना कैदी रिहा भएका छन् । कपिलवस्तु कारागारमा दुई ब्लकमा अहिले ४ सय १५ जना कैदीबन्दी छन् ।


खबर सबै
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा







प्रतिक्रिया