

संबिधान दिवसको अवसरमा कपिलवस्तुको बाणगंगा नगरपालिका ८ बोडगाउँमा शुभकामनाआदानप्रदान



ई–साझाकुरा, असोज ३
पाँचौ संबिधान दिवसको अवसरमा कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ बोडगाउँमा शुभकामनाआदानप्रदान तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
हेल्प फर ह्यापिनेस, कपिलवस्तुले आयोजना गरेको सो कार्यकममा प्रमुख अतिथि रहेका वडा नम्बर ८ का अध्यक्ष गुनानिधि भुसालले देशको मूल कानुन बनेको दिन सबैमा शुभकामना दिँदै संविधानको कार्यान्वयन गरेर विकासको बाटोमा लम्किनुपर्ने बताए । कार्यक्रममा युवा नेता टीआर पाण्डेले संबिधान दिवस भनेको नेपालीहरुको महान चाड जस्तै हो भन्दै यसलाई हरेक वर्ष धूम धामका साथ मनाउनु पर्ने बताए ।

उनले संबिधानले हरेक धर्म संस्कृति जात जाति सम्पूर्णको मौलिक हकको सुनिस्चित गरेको बताए । कार्यक्रममा हेल्प फर ह्यापिनेसका सह-सचिव विशाल अधिकारीले स्वागत मन्तव्य दिएका थिए भने अध्यक्ष निर्मल शर्माले धन्यवाद तथा समापन मन्तव्य दिएका थिए । त्यस्तै कार्यक्रमको संचालन सचिव सुशान्त पोख्रेलले गरेका थिए । कार्यक्रममा हेल्प फर ह्यापिनेस कपिलवस्तुका सुशील आचार्य, विवेक पौडेल, मधु सुधन भुसाल, सरोज घिमिरे, रोशन आचार्य लगायतको उपस्थिति रहेको थियो ।


खबर सबै
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा







प्रतिक्रिया