

संविधान दिवसमा अनेरास्ववियु नगरकमिटी र राष्ट्रिय युवा संघ नेपालको आयोजनामा शुभकामना कार्यक्रम सम्पन्न


शुशिल गैरे, असोज ३
संविधान दिवसको अवसर पारी कपिलवस्तु लगायत नेपालभर आज विविध कार्यक्रम गरी मनाइएको छ । त्यसैगरी कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको इमिलियामा पनि पाँचौ संविधान दिवस मनाइएको छ ।
जनप्रतिनिधी, राजनितिक दलका प्रतिनिधी, विभिन्न संघसंस्थाका प्रतिनिधी तथा स्थानियवासीहरुको उपस्थितिमा दिप प्रज्वलन गरि दिवस मनाएको हो ।

नेपालको नक्सा र नेपालको झण्डा बनाएर वरीपरि दिप प्रज्वलन गरी दिवस मनाएको छ । सात दशक लामो चाहना पश्चात २०७२ असोज ३ गते आजैको दिन संविधानले मूर्तरुप पाएको थियो ।
संविधान दिवसको अवसर पारी इमिलिया आयोजना गरिएको दिप प्रज्वलन कार्यक्रममा बोल्दै बुद्धभूमि ९ का वडा अध्यक्ष खुमानन्द न्यौपानेले जनताद्धारा जनताका लागि निर्मित संबिधानलाई संसारकै उत्कृष्ट संविधान रहेकोले यसको रक्षाका लागि सबैजना एक हुनुको विकल्प नरहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा वडा नं। ३ का वडा अध्यक्ष विकास आचार्य, युवा नेता रोमलाल खनाल, लेखनाथ बेल्बासे लगायतले जारी संबिधानको कार्यान्वयनको पक्षलाई ब्यवहारमा उतार्नु पर्नेमा जोड दिनुभयो ।
रतन विकले संचालन गरेको कार्यक्रममा चुडामणी पोख्रेल, विवेक पन्थी, शिव खनाल, प्रदिप खनाल, लेखनाथ खनाल, कृष्ण खनाल, बामदेव खनाल, पारस मरासिनी, विशाल गिरी, दिपक खनाल, विर्मस खनाल लगाएतको उपस्थिती रहेको थियो ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया