

राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तुमाः हरिजन



आश्विन ३, कपिलवस्तु ।
राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तुको अध्यक्षमा कृष्ण हरिजन चयन हुनु भएको छ। संविधान दिवसको अवसरमा गोरुसिंगेमा आयोजित एक कार्यक्रमका बीच हरिजनलाई अध्यक्षमा चयन गरिएको हो। राष्ट्रिय दलित पत्रकार संघ नेपालको संगठन विस्तार भएसँगै कपिलवस्तुमा जिल्ला शाखा गठन भएको हो ।
दलित पत्रकारहरूको भेलाले हरिजनको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ। समितिको उपाध्यक्षमा कल्याणी खनेल, सचिवमा विक्रम विश्वकर्मा, सहसचिवमा भुपेन्द्र सुनार र कोषाध्यक्षमा रामसरण रैदास चयन भएका छन् । त्यस्तै सदस्यहरुमा शम्भु विश्वकर्मा, राज कुमार चमार, धनीराम कोरी र राम बहादुर गन्धर्व चयन भएका छन् । यता ३ सदस्यीय सल्लाहकार समिति पनि गठन भएको छ । सदस्यहरुमा रामदेव पासी, उजेली विश्वकर्मा र रामप्रघट कोरी चयन भएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष विनोद पहाडीले समुदायका हुने जातका नाममा हुने भेदभाव तथा छुवाछूत अन्त्यका लागि निरन्तर लागिरहन संघलाई आग्रह गर्नु भएको छ। पहाडीले मुलुकामा हुने हरेक संरचनामा दलित समुदायको समान सहभागिता हुनु पर्नेमा जोड दिनुभयो । त्यस्तै दलित मानव अधिकारकर्मी मिना परियारले शुभकामना दिदै पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणमा नव गठित कार्य समितिले अग्रसर भएर काम गर्नु पर्नेमा जोड दिनु भएको छ ।
राष्ट्रिय दलित पत्रकार संघ प्रदेश ५ का अध्यक्ष चिन्ता परियारको अध्यक्षता, राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष विनोद पहाडीको प्रमुख आतिथ्यता र केन्द्रिय सदस्य सोना खटिकको विशिष्टि अतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सल्लाहकार संजिव गहतराज, दलित अधिकारकर्मी मिना परियार लगायतको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया