

सुगा बने जापानको नयाँ प्रधानमन्त्री



भदौ ३१, काठमाण्डौ ।
योशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री बन्नुभएको छ । संसदमा बुधबार भएको चुनावमा सुगा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो ।
यसअघि जापानको सत्तारुढ पार्टीले योशिहिदेलाई नयाँ नेता बनाउने निर्णय गरेसँगै उहाँ प्रधानमन्त्री बन्ने पक्का भएको थियो । गएको महिना शिन्जो आबेले स्वास्थ्यका कारण प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।
७१ वर्षका योशिहिदे यसअघिको मन्त्रिपरिषदमा सचिवको भूमिकामा हुनु हुन्थ्यो । उहाँ आबेका नजिकका सहयोगी मानिनु हुन्छ । उहाँले प्रधानमन्त्रीका रुपमा आबेका नीतिहरु अघि बढाउने अनुमान गरिएको छ ।
किसान परिवारको सुगा सन् १९९१ मा प्रधानमन्त्री बन्नुभएका किचि मियाजावापछि सवैभन्दा पाको उमेरको प्रधानमन्त्री हुनुभएको छ ।
प्रधानमन्त्रीका रुपमा निर्वाचित भएपछि उहाँले देश र जनताको लागि काम गर्न आफू सधैँ प्रतिबद्ध रहेको बताउनुभएको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया