

राजमो कपिलवस्तु द्वारा शोक सभा सम्पन्न


भाद्र ३० कपिलवस्तु ।
मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय परिषद सदस्य तथा सुदुर पश्िचमोत्तर क्षेत्रीय सदस्य दोण प्रसाद पोखरेलको निधनको शोकमा राष्ट्रिय जनमोर्चा जिल्ला समिति कपिलवस्तुले शोकसभा सम्पन्न गरेको छ । स्वर्गिय पोखरेलको निधनको ९ औं दिनको दिन बाणगंगा नगरपालिका ५ शिमलखोरमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको राष्ट्रिय जनमोर्चा कपिलवस्तुले जानकारी दिएको छ ।
श्रद्धाञ्जली सभामा मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष कपिल खनाल,राजमो कपिलवस्तुका अध्यक्ष दधिराम आचार्य, नेकपा मसाल जिल्ला प्रवक्ता छविलाल गैरे, अखिल नेपाल किसान महासंघका उपाध्यक्ष शिव पौडेल, अखिल (छैठौं ) जिल्ला अध्यक्ष रिषभ आचार्य,नेपाली काङ्ग्रेसका नेता सालिकराम पौडेल लगायतले स्वर्गीय पोख्रेलको निधनले पार्टी दुखित भएको बताउदै उहाँले देखाएको बाटोमा लाग्न सम्पूर्णलाई आग्रह गर्नुभएको छ । पोख्रेलको कोरोना संकरमणका कारण भारतको पन्जाबमा निधन भएको थियो।


खबर सबै
-
जास्मिन बड्स स्कुलका विद्यार्थीलाई स्काउट अभिमुखीकरण
-
बाणगंगा नदीमा नुहाउन गएका दुई बालक बेपत्ता
-
शुक्रबारदेखि सम्पर्कविहिन बनेका पुर्व मेयर सिंहको अन्तत शव फेला
-
बाणगंगा ९ जिनुवामा माछा मार्न गएका बालकको कुलोमा डुबेर दुःखद मृत्यु
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’






प्रतिक्रिया