

बालदिवसमा वाणगंगा नगरपालिकाद्धारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न


भदौ २९ कपिलवस्तु्
विपदमा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ यस वर्षको राष्ट्रिय बाल दिवस विभिन्न किसिमले मनाईएको छ ।
कपिलवस्तुको वाणगंगा नगरपालिका अन्र्तगत युवा शिक्षा ताथ खेलकुद शाखाले वक्तृत्वकला प्रतियोगिता गरी बाल दिवस मनाएको छ । सिकाईमा निरन्तरता, वैकल्पिक शिक्षाको अपरिहार्यता भन्ने विषयमा माध्यमित तह स्तरय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरीएको नगरपालिकका शिक्षा शाख प्रमुख बाबुराम भट्टराईले जानकारी दिनुभयो ।
प्रतियोगितामा सिद्धार्थ मा वि वुङ्चीका विशाल घिमरे प्रथम भएका छन भने हथौसा लिटिलस्टार ओदारीका रामकृष्ण अधिकारी द्वितीय ,ज्ञानपुञ्ज वोड्रिङ स्कूल राजपुरका प्रज्वल बश्याल तृतीय र जनता मा.वि पिपराका विजय पौडेलले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
सम्पन्न कार्यक्रममा नगर प्रमुख मंगलप्रसाद थारुको प्रमुख आतिथ्यता रहेको थियो । उप प्रमुख चक्रपाणी अर्यालको अध्यक्षता रहेको थियो भने प्रमुख प्रशासकिय अधिकृत चुरामणी पन्थी र शिक्षा शाखा प्रमुख बाबुराम भट्टराईको विशिष्ठ आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा नगरपालिकाका विभिन्न विषयगत शाखाका प्रमुख तथा कर्मचारीहरु सहित शिक्षा सम्बद्ध व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा नगर प्रमख मंगल प्रसाद थारुले अहिलेको परिस्थिति र समयले वैकल्पिक शिक्षाको अपरिहार्यतालाई महत्व दिएकाले हरेक विद्यार्थी, शिक्षक र अभिभावकहरु निरन्तर सिकाईमा केन्द्रित हुनुपर्ने बताउनुभयो । त्यस्तै नगर उप प्रमुख चक्रपाणी अर्यालले वाणगंगा नगरपालिकाले नगरका सबै वालवालिकाहरुको पहुँचमा पुग्ने गरी शिक्षाको वैकल्पिक अवधारणाको विकास गरिहेको उल्लेख गर्नुभएको छ । त्यस्तै नगर शिक्षा शाखा प्रमुख बाबुराम भट्टराईले पनि वाणगंगा नगरपालिका शिक्षाका हिसाबले अन्य क्षेत्र भन्दा धेरै अगाडि रहेको भन्दै नगरपालिकाको शिक्षा शाखाले वैकल्पिक विधिको विश्लेषण र मुल्याङ्कन गरी योजना निर्माण र त्यसको कार्यान्वयनमा लागेको बताउनुभएको छ । कोराना माहामारीले सामान्य सिकाईका विधिहरुको तुलनामा अब वैकल्पिक सिकाईलाई बढि आवस्यकता महशुस गराएका कारण नयाँ प्रविधि र साधनहरुको माध्यमबाट सिकाईलाई प्रभावकारी बनाउने गरी लागिने उल्लेख गर्नुभएको छ ।
यसैबिच उता सामाजिक विकास डिभिजन कार्यालय कपिलवस्तुले पनि बाल दिवसको अवसरमा जिल्ला स्तरिय निबन्ध लेखन प्रतियोगितामा सम्पन्न गरेको छ ।
नेपालले संयुक्त राष्ट्रसङ्घको बाल अधिकारसम्बन्धी महासधि १९८९ अनुमोदन गरेको दिनका अवसरमा हरेक वर्ष भदौ २९ मा दिवस मनाउन थालिएको हो । उक्त महासन्धि अनुमोदन भएको ३० वर्ष पुगेको छ । नेपालमा प्राथमिक तहमा बालबालिकाको खुद भर्ना ९७ प्रतिशत पुगेको छ तर टिकाउदर बढाउने चुनौती कायमै छ । तर हरेक वर्ष दिवसका अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना हुने गरेका छन् ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया