

वाणगंगा नगर कार्यपालिका बैठकका महत्पूर्ण ५ निर्णय



भदौ २९ कपिलवस्तु
कपिलवस्तुको वाणगंगा नगरपालिकाले नगरका दुईवटा माध्यमिक तहका विद्यालयलाई नमुना विद्यालयको रुपमा छनौठ गरि प्रदेश सरकार समक्ष पेश गर्नेभएको छ । हेमराज मावि हथौसा र जनज्योति मावि मोतिपुरलाई नगरपालिकाले नमुना विद्यालयको रुपमा स्थापित गरी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमा प्रस्ताव पेश गर्ने निर्णय गरेको हो ।
कोरोना महामारिका कारण प्रभावित भएको वाणगंगा नगरपालिकाको कार्यपालिका बैठक आज आकस्मिक रुपमा बसेको थियो । सोही बैठकले यस्तो निर्णय गरेको नगरपालिकाका प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो ।
यस्तै बैठकले वडा नम्बर ७ स्थित खारखानीमा उज्यालो प्रदेश कार्यक्रम अन्र्तगत सौर्य उर्जाका लागि आवस्यक प्रक्रिया पुरा गरि जमिन उपलब्ध गराउने निर्णय पनि गरेको छ । संघिय सरकार अन्र्तगत लगानी बोडको लगानीमा खारखानीमा सौर्य उर्जा उत्पादनका लागि जमिन उपलब्ध गराउने गरी प्रक्रिया पुरा गर्ने प्रवक्ता पौडेलले बताउनुभयो ।
यस्तै वाणगंगा नगरपालिका भित्र ई सेवाको माध्यमबाट अनलाईन कर भुक्तानिका लागि पनि बैठकले निर्णय गरेको छ । कर भुक्तानी ईसेवाबाट हुने गरी प्रक्रिया अगाडि बढाइएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै नगर भित्रका महिला स्वस्थ्य स्वयमसेविकाहरुको कोरोना बिमा पनि नगरपालिकाले गरिदीने भएको छ । कुल ११२ जना स्वास्थ्य स्वयमसेविकाहरुको बिमा गर्ने विषयमा साझा सहमति सहित निर्णय भएको छ । आजको बैठकले नगरको राजापानी क्षेत्रमा थारु संग्राहलय निर्माणका लागि संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयमा योजना माग गर्ने पनि निर्णय गरेको नगर प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया