

पहिरोका कारण दाङ, प्युठान र रोल्पा सडकखण्ड अवरुद्ध



भदौ २९, कपिलवस्तु
पहिरोका कारण दाङ(रोल्पा सडकखण्ड अवरुद्ध भएको छ । प्यूठानको सरुमहारानी गाउँपालिका ४ पाकुरीखोलामा आज बिहान ५ बजे पहिरो जाँदा यो सडकखण्ड अवरुद्ध भएको हो । यो सडकखण्डमा अहिले कुनै पनि गाडी चलेका छैनन् । यस्तै पहिरोका कारण अरनिको राजमार्ग पनि बन्द भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका(२ जुरेमा पहिरो खसेकाले यो सडकखण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ । दुवै ठाउँको सडक खुलाउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया