
टिप्परको ठक्करबाट कपिलबस्तुका प्रहरी जवान श्रेष्ठको मृत्यु




सागर पौडेल,
भदै २७ कपिलवस्तु
रुपन्देहीको देवदहमा टिप्परले स्कुटीलाई ठक्कर दिदाँ कपिलबस्तुका प्रहरी जवान अमित कुमार श्रेष्ठको मृत्यु भएको छ । त्यस्तै एक प्रहरी जवान गम्भीर घाइते भएका छन् ।
पुर्व –पश्चिम राजमार्ग अन्र्तगत देवदह वडा न।१० चरङ्केमा आज दिउँसो ३ः३५बजे सो दुर्घटना भएको वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरिक्षक गोविन्द रेग्मीले जानकारी दिनुभयो ।
बुटवलबाट पुर्व तर्फ गइरहेको लु २ ख ८९९ नम्बरको टिप्परले विपरित दिशाबाट आइरहेको ध १ प ९७९५ नम्बरको स्कुटीलाई ठक्कर दिंदा स्कुटी चालक कपिलबस्तु वडा न।४ बस्ने अन्दाजी ३३ वर्षिय अमित कुमार श्रेष्ठ र सैनामैना वडा ९ बस्ने अन्दाजी २३ वर्षिय सन्तोषि थारु गम्भीर घाइते भएका थिए।
घाइते दुवैलाई उपचारका लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइए पछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले भैरहवा मेडिकल कलेज रिफर गरेको थियो सो उपाचारको क्रममा प्रहरी जवान अमित कुमार श्रेष्ठको मृत्यु भएको अस्पतालले जनाएको छ भने अर्का थप एक प्रहरी जवान गम्भीर घाइते भएका छन् ठक्कर दिने टिप्परको चालक भने फरार रहेको र घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
-
कपिलवस्तुमा आँप टिप्न जाँदा हाँगो भाँचिएर बालिकाको मृत्यु
प्रतिक्रिया