

सुन फलाउँदै भलवाडमा मामाभान्जा



राजेन्द्र खनाल / भदौ २७ कपिलवस्तु
न कतै बैदेशिक रोजगारीको अनुभव न कुनै सिपमुलक तालिमको अवसर तर पनि नेपाली माटोमै सुन फलाउने उत्कट चाहना । नेपालमा केही पनि गर्न सकिदैन भन्नेहरुका लागि गतिलो उदाहरण पेश गर्दै कपिलवस्तुका एक मामाभान्जा ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ९ को माटोमा सुन फलाउने योजाना सहित ठूलो धनराशी लगानी गर्नुभएका भुवनेश्वर पौडेल र शिवलाल वेल्वासे । अहिले वाणगंगा एग्रोफर्म नाम रहेको कृषि फर्म संचालन गरी नेपालमै कृषिमा आत्मनिर्भर बन्न चाहनेहरुका लागि गतिलो उदाहरण पेश गरिरहनुभएको छ । करिब १ करोड बढिको लगानिमा वडा नम्बर ९ को झण्डै सात विगाहा माटोमा विभिन्न उत्पादनका विउ रोप्नुभएका पौडेल र वेल्वासे मामा भान्जाका योजना पनि चानचुने छैनन् ।
मनग्य आर्थिक आम्दानीको याजना त छदै छ, त्यस भित्र पनि मजाले युवाहरुलाई रोजगारीका अवसर पनि दिने यो्जना रहेको व्यवसायी भुवनेश्वर पौडेलले बताउनुभयो । सानो लगानिबाट सानो योजना संचालन गर्नेहरुको भिडमा यी दुई व्यवसायीले भने ठूलो धनराशीको खर्चमा ठूलो योजना पनि बनाउनुभएको छ । भाग्यमा मात्र होईन कर्ममा पनि विश्वास गर्नु पर्छ भन्ने उद्धेश्यका साथ काम गरिएको उहाँको भनाई छ । दुग्ध उत्पादन, मत्स्य पालन, कागति खेती, लोकल कुखुरा पालन, गाईभैसी पालन उहाँहरुको योजना हो ।

साना ठूला गरि हाल ३२ वटा गाई र भैसी, सोही जमिनमा माछा पालन, अनि सुन कागतिको खेतीले मनग्य आर्थिक आम्दानी मात्रै होईन उहाँहरुको योजना नेपालमा केहि गर्न सकिदैन भनि विदेश जाने युवाहरुलाई अबको तीन वर्षमा मज्जाले रोजगारीका अवसर पनि सिर्जन गर्ने योजना छ ।
आफुहरुलाई होला वा नहोला तर आफ्ना सन्ततिका लागि र अरुलाई हाम्रो व्यवसायले केही त उदाहरण दिने छ, अर्का व्यवसायी शिवलाल बेलवासेले भन्नुभयो । केही नगरिक अगाडि बढ्न नसकिने भन्दै उहाँले स्वदेशमै केही गर्नुपर्छ भन्ने भावनाका साथ आफुहरु यो क्षेत्रमा लगानि गरेको बताउनुभयो ।
जीवनको युवा अवस्थादेखि नै स्वदेशमै केही गर्नुपर्छ भन्ने उत्कट इच्छा सहित विभिन्न पेश र व्यवसायमा संलग्न र लगानी गर्दै वाणगंगा एग्रो फर्म संचालन गर्न पुग्नुभएका पौडेल र वेल्वासेले सरकारी नुनपानीको पनि स्वाद लिनुभयो । अब आफै उत्पादनमा लाग्नुपर्छ र अरुलाई पनि सिकाउन पर्छ भन्ने उद्धेश्यले अहिले यो एग्रोफार्म संचालन गर्न पुगेको उहाँहरुको भनाई छ । व्यवासायिक प्रवर्दन र विस्तार सँगै अबको तीन वर्षमा दुई विगाह जमिनमा माछा पालन, आफ्नै दुग्ध चिस्यान केन्द्र, अनि १ सय बढि दुहुना गाई र भैसीँ पु¥याउने लक्ष्य रहेको भुवने्रश्वर पौडेलले बताउनुभयो ।
आफ्नो व्यवसायको प्रवर्दन मात्रै होईन उहाँहरुको कम्तिमा पनि ३० देखि ४० जना युवाहरुलाई फर्मभित्रै प्रत्यक्ष रोजगारी दिने पनि योजना छ । एक सफल व्यवसायीको परिचय यस अघि नै बनाई सक्नुभएका पौडेल र वेल्वासेको दैनिकि अहिले दिनहु वाणगंगा एग्रो फर्म भित्रै बित्ने गर्दछ । आफ्ना सन्तानहरु पनि विदेशी भुमिमा पसिना बगाउनुको साटो स्वदेशमै मेहेनत गर्न सकुन भन्ने ईच्छा पनि छ । शिवलाल वेल्वासेले भन्नुभयो ।
ठूलो धनराशीको खर्च अनि बृहत योजना सहित लाग्नुभएका पौडेल मामाभान्जा आफु मात्रै होईन अरुलाई पनि आफ्नै माटोमा मेहेनत गर्न पनि आग्रह गर्नुहुन्छ । विभिन्न वित्तिय संस्थाहरुबाट ऋण लिएर लगानी गर्नुभएका उहाँहरुले अबको तिन वर्षमा बृहत फर्मको रुपमा स्थापित गर्ने योजना छ । हाल दैनिक १ सय ५० लिटर दुध बिक्रि गरिरहनुभएका उहाँहरुले दैनिक व्यवसायलाई विस्तार पनि गर्दै जानुभएको छ ।


खबर सबै
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड







प्रतिक्रिया