मानवअधिकार समुह वाणगंगाद्धारा वार्षिक कार्ययोजना निर्माण
कपिलवस्तु ।०७७भदौ २७ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले संचालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्बेवार निकायलाई जवाफदेही बनाउने पहल कार्यक्रम अन्तरगतको समस्या पहिचान सरोकारवाला निकायको पहिचान र कार्ययोजना निमार्ण कार्यक्रम ०७७ भदौ २७ गते बाणगगा नपा ४ जगेहडामा सम्पन्न भएको छ ।
मानवअधिकार समुहका सदस्य तथा अन्य सरोकारवाला निकायको बैठकले शिक्षा, स्वास्थ्य,खाध्य र अवाशको अधिकार सम्बन्धी समस्या पहिचान सरोकारवाला निकायको पहिचान गर्नुको साथै बार्षिक कार्ययोजना समेत निमार्ण गरेको छ ।
बैठकले कोभिड १९का कारण शिक्षा स्वास्थ्य,खाध्य र अवासको अधिकारका सवालमा पारेको असर हरुको विश्लेषण गर्दै विभिन्न समस्याहरुको पहिचान गर्नुको साथै समस्या समाधानका लागी विभिन्न कार्यक्रमहरु संचालन गर्ने निर्णय गरेको छ । कोभिड १९ले शिक्षामा पारेको असरका विषयमा सरोकारवाला सगं अन्तरकृया गर्ने, ,कोभिडका कारण खाधान्यको समस्यामा परेका दैनिक ज्यालादारी तथा गरिव र विपन्न परिवारलाई सरकारले रोजगारी या राहत वितरण गर्नु प्रर्ने विषयमा स्थानीय सरकार सगं समन्वय र सहकार्य गर्ने ,खाध्यबस्तुमा हुने मिसावट, गुणस्तरीयताका विषयमा अनुगमन गर्न नगरपालिकालाई आग्रह गर्दै कृषकहरुलाई रासायनिक मल विउ समयमा उपलब्ध गराउन पहल गर्ने, ।
यस्तै दिर्गरोगिहरु तथा जेष्ठनागरिक ,बालबालिका, गर्भवति महिलाहरु उपचार चेकजाचको सहज बातावरण निमार्ण तथा महिला मैत्रि आइसोलेसनका लागी सम्वन्धीत निकायमा ध्यान आर्कषण गराउने सुत्केरी, गर्भवति केटाकेटी र बुढाबुढीहरुका लागी छुट्टै विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको आइसुलेसनको ब्यावस्था गर्न सरोकारवाला सगं छलफल अन्तरकृया गर्ने , कोभिड १९का कारण हुने दुरब्यावहार र भेदभाव विरुद्ध सचेतन कार्यक्रमहरु सचालन गर्ने लगाएतका कार्ययोजना निमार्ण गरिएको मानवअधिकार समुहका अध्यक्ष रोमकान्त घिमिरेले बताउनु भयो ।
बैठक मानवअधिकार समुहका अध्यक्ष रोमकान्त घिमिरेको अध्यक्षता ,सचिव चेतना अधिकारीको संचालनमा भएकोमा इन्सेक सहजकर्ता नन्दराम पौडेलले समग्र कार्यक्रमको विषयमा सहजीकरण गर्नु भएको थियो ।
प्रतिक्रिया