



२ सय नागरिक नेकपा कपिलवस्तुमा प्रवेश


भाद्र २५ कपिलवस्तु
कपिलवस्तुको वाणगंगा नगरपालिका ८ सिसेनी गाउँका २ सय बढि व्यक्ति विभिन्न पार्टी परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । सिसेनी गाउँका २ सय बढिलाई राष्ट्रिय सभा सदस्य विमला घिमिरे र नेकपा जिल्ला अध्यक्ष झविलाल पोखरेलले स्वागत गर्नुभएको छ ।
राष्ट्रिय सभा सदस्य घिमिरले नव प्रवेशीलाई नेकपाको विचार र आस्थामा अडिग रहन आग्रह गर्नुभयो । नेकपाले जनताको पक्षमा सदैव काम गर्दै आइरहेकाले सवै श्रमजिवी वर्गको उत्थानका निति, कार्यक्रम र बजेट ल्याइरहेको समेत उहाँको भनाई थियो ।
त्यस्तै कार्यक्रममा प्रदेश सचिवालय सदस्य बलराम अधिकारीले सिसेनी गाउँ र जनताको समस्यामा आफु राम्रैसंग जानकार भएकाले गाउँको विकासमा सहयोग सदैव रहने बताउनुभएको छ । कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष झविलाल पोखरेलले जनताको विकास र राष्ट्रको समृद्धिमा नेकपाको पालामा उल्लेख्य काम हुने दावी गर्नुभयो ।
नगर वडा कमिटि ८ को आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा कार्यक्रममा नेकपा जिल्ला सचिव रामचन्द्र शाह जिल्ला सचिवालय सदस्य नारायण भुसाल, शंकर पाण्डे, सुवास सल्यानी, लक्ष्मण वेल्वासे, लगाएतको सहभागीता थियो ।

खबर सबै
-
मंसिरमा महोत्सवमय बन्दै कपिलवस्तु
-
बाणगंगा–१ को नवनिर्मित नयाँ प्रशासनिक वडा कार्यालय भवन उद्घाटन
-
१६ औं कपिलवस्तु महोत्सवमा यसपटक टिकटक भिडियो प्रतियोगिताः सिर्जनशीलता र सकारात्मक प्रचारलाई प्रोत्साहन गरिने
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
ईपीएस भाषा परीक्षा आजदेखि, पहिलो प्राथमिकता उत्पादन क्षेत्र
-
प्यूठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते, तीन जनाको अवस्था गम्भीर
-
नयाँ राजनीतिक दल दर्ताको लागि समय थपियो, मंसिर ६ सम्म निवेदन दिन सकिने







प्रतिक्रिया