

दिल्लीमा ८६ वर्षीया वृद्धामाथि बलात्कार


ई–साझाकुरा, भदौ २५
भारतमा प्रत्येक वर्ष हजारौं बलात्कारका घटनाहरू दर्ता हुन्छन्, तर त्यहाँ केहि यस्ता घटनाहरू छन् जसले समाजलाई हल्लाउँछन्। त्यस्तै एउटा घटना, जसमा एक जना व्यक्तिले ८६ वर्षीया महिलालाई बलात्कार गरेका छन् ।
दिल्ली महिला आयोगकी प्रमुख स्वाति मालीवालका अनुसार ती वृद्धा महिला साँझ घरबाहिर दुध ल्याउने मान्छेलाई पर्खिरहेकी थिइन् । सोही समयमा एउटा मानिसले उसलाई भन्यो, जो दिनहुँ दुध दिन आउँदछ ऊ आउँदैन र म अर्को ठाउँमा लगिदिन्छु जहाँबाट दूध पाउन सकिन्छ। ती वृद्धा महिलाले त्यो पुरुषमाथि भरोसा गरिन र गइन् । ती पुरुषले वृद्धालाई नजिकैको फार्ममा लगे र उनलाई बलात्कार गरे।
उनी रोइन् र रिहाइको लागि बिन्ती गरिरहेकी छन् तर त्यो व्यक्तिले उसको कुरा सुनेन।उनले आफूलाई छुटाउने प्रयासमा ती व्यक्तिलाई कुटिन् पनि । त्यहाँबाट हिँडिरहेका केही मानिसहरुले उनको आवाज सुनेपछि उनलाई बचाउन गए । उनीहरुले नै अभियुक्तलाई प्रहरीलाई सुम्पिए । स्वाति मालीवाल मंगलबार पीडितको घरमा गइन्, उनले भनिन्, उनको घरमा पुगेपछिको दृश्यले झन् निराशा र मन कुड्यायो ।
‘उनको हातभरी चाउरी थिए । जब तपाईं उनको कहानी सुन्नुहुन्छ नि तपाईंको मन दुख्नेछ । उनको अनुहार र शरीरमा चोटका निशान छन् र उनले मलाई भनिन् कि उनको रगत पनि बग्यो । उनी निकै भयभित छिन् ।’
स्वाति मालीवालले आरोपितलाई फाँसीको माग गरेकी छिन्। उनले भनिन्म, ‘दिल्ली उच्च न्यायालय र एलजीलाई चीफ जस्टिसलाई पत्र लेख्दै छु कि यस मुद्दाको द्रुत ट्र्याक अदालतमा सुनुवाई होस् र आरोपीलाई छ महिना भित्र फाँसी दिइनेछ।’ एजेन्सीको सहयोगमा


खबर सबै
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
-
बुद्धशान्ति आवासीय विद्यालयमा वृक्षरोपणसहित हरियाली दिवस मनाइयो
-
ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका युक्तको शव ल्याइयो
-
फिफा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
-
कपिलवस्तुमा अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्पर नियन्त्रणमा
-
ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका युक्तको शव ल्याइयो
-
फिफा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
-
कपिलवस्तुमा अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्पर नियन्त्रणमा
-
देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री
-
अदालत–प्रहरीसँग पहुँच भएको दाबी गर्दै ठगी, ५ लाख ६२ हजार असुल्ने कपिलवस्तु प्रहरी फन्दामा
-
डुबानमा पर्दै एसियाकै ठुलो शिला शालिग्राम






प्रतिक्रिया