

मल र सिंचाईको ब्यवस्था गर्न वडाध्यक्ष गैरेको माग



ई–साझाकुरा, भदौ २४
मल र सिचाईको अभावको अभावमा कृषकहरु छटपाईरहेका बेला कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश गैरेले सरकारले मल र सिंचाईको ब्यवस्था गर्न सरकारसंग माग गरेका छन । अ्रन्न भण्डारकारुपमा रहेको कपिलवस्तुमा मल र सिंचाई नहुदा कृषकहरु चरम मारमा परेकोले अब सरकारले जसरी पनि मल र सिंचाईको ब्यवस्था गर्न उनले जोडदार माग गरेका हुन ।

कपिलवस्तुमा मल र सिचाइृ नहुदा कृषकहरु समस्यामा परेका छन ’ उनले भने ‘ तर सरकारले अनेक बाहाना गरेर कृषकहरुलाइृ झुक्काइृरहेको छ ’ । सप्रीरहेको धान बालीकालागि अहिले युरिया मल र पानी चाहिएको बेला कृषकहरु त्यसबाट बंचित हुनु परेको उनले बताए ।
सिमित अनुदानको मलमा कृषि सहकारी कै हालीमुहाली रहेको र केही कृषकहरुले भारतबाट एक दुई बोरा मल ल्याउदा समेत सुरक्षाकर्मीले दुःख दिने गरेको उनले बताए । कृषि क्रान्तिको नारा दिने वर्तमान दुइृ तिहाईको सरकारले कृषकको भावना माथी चोट पुर्याएको बताए ।
उनले कृषकहरुलाई तत्कालै मल उपलब्ध गराउनु पर्नेर अन्यथा कृषकहरु आन्दोलनमा उत्रनुको बिकल्प नरहेको उनले बताए । जिल्लामा ७२ हजार हेक्टरमा धान खेती गरिन्छ । र त्यसकालागि अहिले १० हजार बढी युरिया मल चाहिने कृषकहरु बताउछन ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया