मल र सिंचाईको ब्यवस्था गर्न वडाध्यक्ष गैरेको माग

ई–साझाकुरा, भदौ २४

मल र सिचाईको अभावको अभावमा कृषकहरु छटपाईरहेका बेला कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश गैरेले सरकारले मल र सिंचाईको ब्यवस्था गर्न सरकारसंग माग गरेका छन । अ्रन्न भण्डारकारुपमा रहेको कपिलवस्तुमा मल र सिंचाई नहुदा कृषकहरु चरम मारमा परेकोले अब सरकारले जसरी पनि मल र सिंचाईको ब्यवस्था गर्न उनले जोडदार माग गरेका हुन ।

कपिलवस्तुमा मल र सिचाइृ नहुदा कृषकहरु समस्यामा परेका छन ’ उनले भने ‘ तर सरकारले अनेक बाहाना गरेर कृषकहरुलाइृ झुक्काइृरहेको छ ’ । सप्रीरहेको धान बालीकालागि अहिले युरिया मल र पानी चाहिएको बेला कृषकहरु त्यसबाट बंचित हुनु परेको उनले बताए ।

सिमित अनुदानको मलमा कृषि सहकारी कै हालीमुहाली रहेको र केही कृषकहरुले भारतबाट एक दुई बोरा मल ल्याउदा समेत सुरक्षाकर्मीले दुःख दिने गरेको उनले बताए । कृषि क्रान्तिको नारा दिने वर्तमान दुइृ तिहाईको सरकारले कृषकको भावना माथी चोट पुर्याएको बताए ।

उनले कृषकहरुलाई तत्कालै मल उपलब्ध गराउनु पर्नेर अन्यथा कृषकहरु आन्दोलनमा उत्रनुको बिकल्प नरहेको उनले बताए । जिल्लामा ७२ हजार हेक्टरमा धान खेती गरिन्छ । र त्यसकालागि अहिले १० हजार बढी युरिया मल चाहिने कृषकहरु बताउछन ।

प्रतिक्रिया