परीक्षण बिनै कोराना जित्नेको सूँचीमा संक्रमितहरु

भदौ २४ कपिलवस्तु
सरकारले जोडतोडका साथ कोरोना संक्रमण नियन्त्रण गर्न जुटे पनि भाइरस फैलने क्रम घट्नुका सट्टा अझै बढी रहेको छ । विश्वसमूदायसँगै नेपालमा पनि पछिल्लो १ महिनादेखि मृत्यु दर बढेकोे छ । नेपालमा कोरोना संक्रमणको संख्या बढ्नु र लकडाउन वा निषेधाज्ञा जारी गर्ने कार्य एक आपसमा प्रतिस्पर्धा गरे जस्तै देखिएको छ । लकडाउन, निषेधाज्ञा, क्वारेन्टिन र आइसोलेसनका आ आफ्ना मापदण्ड भए पनि कतिपय स्थानमा त्यसको सही पालना भएको पनि छैन ।
कपिलवस्तुमा कोराना संक्रमितहरुलाई होमआइसोलेसनका नाममा बेवास्था गर्ने गरेको संक्रमितहरुले गुनासो गरेका छन् । गत भदौ ६ गते कोरोना संक्रण पुष्टि भएका कपिलवस्तुको मालपोत कार्यालयका एक कर्मचारी १७ दिनको होम आईसोलेसनमा बसे तर यो बिचमा स्वास्थ्य कार्यालय र सम्बन्धित निकाय कतैबाट पनि सोधखोज भएन । ५६ वर्षका ति पुरुष सँगै उनको परिवारका अन्य दुई छोरीहरु पनि कोराना संक्रमित भएका थिए । उनीहरु १७ दिनको होम आईसोलेसन पछि सोमबार कोरोना मुक्त भएको भन्दै सुरक्षाका सावधानी सहित खुल्ला भएका छन् ।
संक्रमण पुष्टि भएपछि स्वास्थ्य कार्यालयले होम आईसोलसनमा बस्न भनेकाले आफुहरु घरमै बसेको र यो बिचमा कुनै सोधखोज नभएको संक्रमित पुरुषको गुनासो छ । उनले भने,“कसैले खोजी पनि गरेनन् बरु आफै यो बिचमा तीन पटक स्वास्थ्य कार्यालयमा फोन गरेर सोधँे तर खासै चासो दिएनन् ।”
१७ दिनको होमआईसोलेसन बसाई पछि पनि सोमबार स्वास्थ्य कार्यालयमा आफै फोन गरेको तर अब के गर्ने भन्नेमा अन्यौलमा परेको उनको भनाई छ ।
घरको एउटै भान्छा र घर प्रयोग गरेका उनी परिवारकै साथमा सुरक्षा सावधानी अपनाएर १७ दिन बसेका थिए । तर अब पिसिआर परिक्षण गर्नुनपर्ने स्वास्थ्य कार्यालयले बताएको उनको भनाई छ । कुनै पनि लक्ष्यण नदेखिएका कारण उनलाई अब कोरोना जितेको सूचिमा राख्ने गरिएको छ ।

यता कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर १ मा कोरोना संक्रमित भएका व्यवसायीको पनि गुनासो अलि फरक त र सारमा उस्तै छ । उहाँका अनुसार नगरपालिकाको स्वास्थ्य शाखाबाट बेलाबेलामा सम्पर्क भए पनि १४ दिन पछि शरिरमा भाईरस भए वा नभएको थाहा पाउन नसकिएको बताउनुभयो । उहाँले आफु सहित आफ्नो परिवारमा संक्रमण भएका र आईसोलेसन भई घरमा बसको परिवारको आफैले निजि अस्पतालमा १४ दिन पछि परिक्षण गराएको बताउनुभएको छ । यद्यपी सामान्य नागरिकले ५ हजार रुपैया खर्च गरेर निजी अस्पतालमा जाँच गराउन नसक्ने र १४ दिन पछि पनि संक्रमणका घटना देखिरहेकाले कोराना पूर्ण रुपमा जित्न नसकिने बताउनुभयो ।

यसरी कपिलवस्तुमा होम आईसोलसनमा बस्नेहरुलाई स्वास्थ्य कार्यालय र सम्बन्धित स्थानिय तहका स्वास्थ्य शाखाहरुले कुनै सोधखोज गर्दैनन् भने सम्बन्धित वडाका जनप्रतिनिधि र स्थानिय टोलविकास संस्थाका अगुवाहरुले पनि खास चाँसो राख्दैनन् । संक्रमण पुष्टि भएकाहरु मध्ये केही शिक्षित वर्गले आफै सचेतता अपनाएका छन भने सामान्य नागरिकले त्यो पनि गर्न सकिरहेका छैनन्। जसका कारण कोरोना व्यक्ति हुदैँ परिवार र समुदायका हरेक क्षेत्रमा पुग्ने प्रबल सम्भावना छ ।
कोरोना देखिएपछि होम आईसोलेसनमा बसेका संक्रमितहरु १४ दिन बसेपछि पिसिआर परिक्षण नगरिएको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख योगेन्द्र भगतले बताउनुभयो । उनीहरुले स्वतह कोरोना जितेको उहाँको भनाई छ । अहिले सम्म कपिलवस्तुको होम आईसोलेसनमा १४ दिन सामान्य समय विताएकाहरु सबैले कोरोनालाई जितेको उहाँले बताउनुभयो । यद्यपि यसरी बसेका संक्रमितहरुले आफु ठीक भएको वा नभएको अलमलमा पर्ने गरेका छन् ।

प्रतिक्रिया