

पहिलो पटक कोरोनाका कारण पत्रकारको ज्यान गयो


भदौ २३, कपिलवस्तु –
नेपालमा पहिलो पटक कारोना संक्रमणका कारण पत्रकारको ज्यान गएको छ । कपिलवस्तुमा रहेर टेलिभिजन क्षेत्रमा दुई दशक बढी समयदेखि क्रियाशील पत्रकार बनारसी वर्माको सोमबार दिउँसो कोराना संक्रमणका कारण निधन भएको छ । मधुमेह, उच्च रक्तचाप र मिर्गाैला रोगबाट पीडित ६२ वर्षीय वर्मा उपचारका क्रममा पिसिआर रिर्पाेट पोजेटिभ आएको र उहाँको उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय कपिपलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताउनुभयो ।
उनको स्वाब संकलन गरी लुम्बिनी प्रादेशिक अस्पतालमा परीक्षणको लागि पठाइएकोमा मृत्यु भएपछि सोमबार साँझ कोरोना पोजेटिभ रिपोर्ट आएको थापाले जानकारी दिनुभएको हो । नेपाल पत्रकार महासङ्घकका पूर्वउपाध्यक्ष र मधेशी पत्रकार समाजको केन्द्रीय उपाध्यक्षको पदमा पनि रहेका थिए ।
उनका दुई छोराहरूमा यसअघि नै कोरोना संक्रमण पुष्टि भइसकेको थियो। छोराहरुलाई संक्रमण पुष्टि भएपछि उनी स्वाब संकलन गर्न दिएर होम आइसोलेसनमै बसेको अवस्थामा सोमबार अचानक स्वास्थ्यमा समस्या देखिएको थियो। लामो समयदेखि मिर्गौला रोग, मधुमेह र उच्च रक्तचापका बिरामी थिए। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने उनी पहिलो पत्रकार हुन्। भने कपिलवस्तुमा कोरानाका कारण ज्यान गुमाउने पाँचौ व्यक्ति हुन ।


खबर सबै
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
-
बुद्धशान्ति आवासीय विद्यालयमा वृक्षरोपणसहित हरियाली दिवस मनाइयो
-
ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका युक्तको शव ल्याइयो
-
फिफा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
-
कपिलवस्तुमा अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्पर नियन्त्रणमा
-
ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका युक्तको शव ल्याइयो
-
फिफा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
-
कपिलवस्तुमा अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्पर नियन्त्रणमा
-
देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री
-
अदालत–प्रहरीसँग पहुँच भएको दाबी गर्दै ठगी, ५ लाख ६२ हजार असुल्ने कपिलवस्तु प्रहरी फन्दामा
-
डुबानमा पर्दै एसियाकै ठुलो शिला शालिग्राम






प्रतिक्रिया