

ट्रक र बोलेरो एक आपसमा ठोक्किदा बोलेरो चालकको मृत्यु



ई–साझाकुरा, भदौ १७
ट्रक र बोलेरो एक आपसमा ठोक्किदा चितवनमा एकको मृत्यु भएको छ । नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर २९ गाइघाटमा ट्रक र बोलेरो एकआपसमा ठोक्किदा बोलेरो चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नारायणगढबाट मुग्लिङतर्फ गइरहेको बा ११ च ७६७७ नम्बरको बोलेरो र विपरित दिशाबाट आउदै गरेको ग २ ख ४३११ नम्बरको ट्रक बिहान ११.३० बजे एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका बोलेरो चालक धादिङ जिल्ला गजुरी गाउँपालिका वडा नम्बर २ निवासी ३० वर्षीय शंकर सेढाईको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुवै सवारीसाधन र ट्रकचालक प्रहरीको नियन्त्रणमा रहेको छ ।


खबर सबै
-
पूर्व सांसद तथा एमाले कपिलवस्तुका नेता गुप्ताको निधन
-
रास्वपा गुल्मी सभापतिमा हरि श्रेष्ठ निर्वाचित
-
रास्वपा कपिलवस्तु जिल्ला अधिवेशन : आकांक्षि धेरै, सहमति की निर्वाचन ?
-
भारतमा कक्रोच जनता पार्टी पहिलो पटक निस्कियो सडकमा
-
अत्याधिक गर्मीको असर : बाणगंगा र कपिलवस्तु नगरपालिकामा तीन दिन विद्यालय बन्द
-
विश्व वातावरण दिवसमा ‘जस्मिन बड्स’का विद्यार्थीहरूले गरे वृक्षरोपण
-
भारतमा कक्रोच जनता पार्टी पहिलो पटक निस्कियो सडकमा
-
अत्याधिक गर्मीको असर : बाणगंगा र कपिलवस्तु नगरपालिकामा तीन दिन विद्यालय बन्द
-
विश्व वातावरण दिवसमा ‘जस्मिन बड्स’का विद्यार्थीहरूले गरे वृक्षरोपण
-
जातीय भेदभाव तथा छुवाछुत उन्मूलनका लागि सचेतना कार्यक्रम
-
के हुन्छ दिनहुँ कागती पानी पिउँदा ?
-
रास्वपाको जिल्ला अधिवेशन : कपिलवस्तुसहित आज ३६ जिल्लामा हुदै











प्रतिक्रिया