

अभिनेता आर्यन सिग्देल फुर्सदिला छन्


काठमाडौं । अभिनेता आर्यन सिग्देल पछिल्लो समय फुर्सदिलो छन् । गत वर्ष ‘चच हुईं’ फिल्म दिएका आर्यन त्यसपछि कुनैपनि फिल्ममा अनुबन्धित भएका छैनन् । अहिले भने आर्यनको नयाँ फिल्ममा अनुबन्धित भएका छन् । उनी ‘सेल्फी किङ’ निर्देशक विशाल सापकोटाले निर्माण गर्न लागेको नयाँ फिल्ममा देखिन लागेका हुन् ।
फिल्मको नाम भने अहिले सार्वजनिक गरिएको छैन । फिल्मको लेखन समेत निर्देशक विशालकै रहेको छ ।हुन त केही दिनयता आर्यन र विशाल पोखरामा छन् । फिल्म छायाँकनका लागि लोकेसन हेर्न आफूहरु पोखरा आएको निर्देशक विशालले बताए ।
फिल्मको अहिले अन्य कलाकार छनोट र छायाँकन तयारी भइरहेको छ । कोरोनाको कहर सामान्य भएपछि फिल्म छायाँकमा जाने गरेर आफूहरु तयारीमा लागेको विशालले सुनाए ।
केही पहिले विशालले हिन्दी फिल्म ‘अर्जुन रेड्डी’को नेपाली रिमेक बनाउने बताएका थिए । ठुलो बजेट लाग्ने यो फिल्म कोरोनाको कहरका कारण तत्काल बनाउन सम्भव नभएकोले नयाँ प्रोजेटको तयारी आफूले गरेको विशालको भनाइ रहेको छ ।


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया