

जम्मु-कश्मीरमा दाबी गर्दै पाकिस्तानले जारी गर्यो नयाँ नक्सा



पाकिस्तानले मंगलबार आफ्नो नयाँ राजनीतिक नक्सा जारी गरेको छ। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मंगलबार साँझ देशवासीलाई सम्बोधन गर्दै नयाँ राजनीतिक नक्सा जारी भएको जानकारी दिएका हुन्।
उक्त नयाँ नक्सालाई आजै बिहान बसेको मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको अखबार ‘द डन’ ले जनाएको छ।
भारतले जम्मु-कश्मीरको स्वायत्तता खोसेर केन्द्र प्रशासित क्षेत्र बनाएको एक वर्ष पुग्नु अघिल्लो दिन जारी भएको पाकिस्तानी नक्सामा जम्मु-कश्मीरलाई पनि विवादित भू-भाग भनेर दाबी गरिएको छ। त्यस्तै गुजरातको जुनागढ पनि नक्सामा समावेश गरिएको छ।

प्रधानमन्त्री खानले अबदेखि पाकिस्तानका सरकारी कार्यालय, विद्यालय र अन्तर्राष्ट्रिय क्षेत्रमा यही नक्सा प्रयोग गरिने बताए।
भारतले सन् २०१९ अगस्ट ५ मा भारत शासित जम्मु-कश्मीरको प्रदेशको मान्यता खोसेर केन्द्र शासित क्षेत्र बनाएको थियो। पाकिस्तानी प्रधानमन्त्री खानले भारतको उक्त कदम अस्वीकार्य भएको उल्लेख गर्दै कश्मीरको मुद्दा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको संकल्प प्रस्ताव अनुसार सुल्झाउनु पर्ने बताएका छन्।
‘संसारले दिएको आत्मनिर्णयको अधिकार उनीहरूलाई अहिले पनि प्रयोग गर्न दिइएको छैन। हामी विश्वलाई स्पष्ट रूपमा भन्न चाहन्छौं समाधान त्यही मात्र हो,’ खानले भनेका छन्, ‘यसका लागि हामी राजनीतिक संघर्ष गर्नेछौं, हामीलाई सैन्य हस्तक्षेपमा विश्वास छैन। तिमीले कश्मीरका जनतालाई गरेको वाचा अहिलेसम्म पूरा गरेका छैनौं भनेर हामी राष्ट्रसंघलाई भनिरहने छौं।’
भारतले भने पाकिस्तानले जारी गरेको नयाँ नक्सालाई तथाकथित र हास्यास्पद बताएको छ।
मंगलबार साँझ विज्ञप्ति जारी गर्दै भारतीय विदेश मन्त्रालयले भनेको छ- पाकिस्तानी प्रधानमन्त्रीले जारी गरेको पाकिस्तानको तथाकथित राजनीतिक नक्सा हामीले देख्यौं। भारतको गुजरात जम्मु-कश्मीरमा आधारबिनाको दाबी गरिएको यो राजनीतिक मूर्खता हो। यस्तो हास्यास्पद दाबीको न कानुनी मान्यता छ न अन्तर्राष्ट्रियस्तरमा विश्वसनीयता।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया