

काेराेना भाइरसलाई हराउन कुनै ‘चाँदीकाे गाेली’ छैन : डब्ल्यूएचओ



साउन १९, २०७७ सोमबार
काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले काेराेना भाइरसलाई हराउनकाे लागि कुनै ठाेस उपचार पत्ता नलाग्ने हाे कि भन्ने सम्भावना रहेकाे जनाएकाे छ ।

उहाँले भन्नुभयाे, ‘अहिले याे भाइरसकाे कुनै सटीक र निश्चित प्रकारकाे उपचार उपलब्ध छैन र यसकाे ठाेस उपचार पत्ता नलाग्ने पनि हुन सक्छ ।’
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले काेराेनाविरुद्धकाे खाेप खाेज्न हतार गर्नु बाहेक भाइरसकाे लागि ‘सिल्भर बुलेट (चाँदीकाे गाेली)’ नभएकाे बताउनुभएकाे छ ।
सङ्गठनले एक दिनअघि मात्रै पनि काेराेनाकाे महामारी अझै केही सयमसम्म रहिरहने बताएकाे थियाे ।
यद्यपि विश्वभर काेराेना भाइरसबाट बच्नका लागि खाेपकाे परीक्षण भइरहेकाे छ तर अहिलेसम्म निश्चित रुपमा कुनै खाेप बजारमा आइसकेकाे छैन ।
गएकाे महिना अक्सफाेर्ड विश्वविद्यालयले आफूले बनाएकाे खाेप परीक्षणकाे क्रममा सुरक्षित भएकाे र राेग प्रतिराेधात्मक क्षमता बढाउन मद्दत गर्ने बताएकाे थियाे । वैज्ञानिकहरुले पनि यसलाई ठूलाे सफलता भएकाे बताएका थिए ।
अब त्याे खाेपकाे अघिल्लाे परीक्षण झण्डै १० हजार जनामा गरिँदैछ ।
अहिलेसम्म विश्वभर एक कराेड ८२ लाखभन्दा धेरै मानिसमा काेराेनाकाे सङ्क्रमण पुष्टि भएकाे छ । सङ्क्रमितमध्ये एक कराेड १४ लाखभन्दा धेरै निकाे भएर घर फर्किँदा ६ लाख ९३ हजारभन्दा बढीकाे ज्यान गएकाे छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया