



गुट्खा व्यापारीसँग घुस लिँदैै गर्दा बुटवलका राजश्व प्रमुख पक्राउ


ई–साझाकुरा, साउन २०
आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख गुट्खा व्यापारीसँग घुस लिएको अवस्थामा पक्राउ परेका छन् । राजश्व कार्यालय प्रमुख अधिकृत विजय राना घुससहित पक्राउ परेका हुन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार २ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । बुटवल–१३ बुद्धचोकमा कपिलवस्तुका गुट्खा व्यापारी अनिलकुमार झासँग घुस वापत २ लाख लेनदेन गर्दै गरेको अभियोगमा प्रमुख रानालाई नियन्त्रणमा लिइएको कार्यालयका प्रमुख भीष्मराज भुसालले जानकारी दिनुभएको छ ।
रानाले व्यापारीसँग महिना महिनामा पैसा लिने गरेको भन्ने सूचना पाएपछि अख्तियार टोलीले केही दिनदेखि उनलाई निगरानी गरिरहेको थियो । उनलाई अनुसन्धान गर्ने क्रममा बिहान साढे १० बजे अख्तियार टोलीले पक्राउ गरेको हो ।

खबर सबै
-
मंसिरमा महोत्सवमय बन्दै कपिलवस्तु
-
बाणगंगा–१ को नवनिर्मित नयाँ प्रशासनिक वडा कार्यालय भवन उद्घाटन
-
१६ औं कपिलवस्तु महोत्सवमा यसपटक टिकटक भिडियो प्रतियोगिताः सिर्जनशीलता र सकारात्मक प्रचारलाई प्रोत्साहन गरिने
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
ईपीएस भाषा परीक्षा आजदेखि, पहिलो प्राथमिकता उत्पादन क्षेत्र
-
प्यूठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते, तीन जनाको अवस्था गम्भीर
-
नयाँ राजनीतिक दल दर्ताको लागि समय थपियो, मंसिर ६ सम्म निवेदन दिन सकिने







प्रतिक्रिया