जनै पूर्णिमाको अवसरमा वडा अध्यक्ष बस्नेतले गरे एकलाख बढिको अक्ष्यकोष स्थापना

बुद्धभूमि १९ श्रावण / तराईबासीले सोमबार जनै पुर्णिमा तथा रक्षाबन्धन धुमधामका साथ मनाएका छन् । पवित्रता, प्रेम, शक्ती र एकताको प्रतिक महान पर्व रक्षाबन्धन ९राखी० र जनै पूर्णिमा सोमबार कपिलबस्तुमा दिदि बहिनी तथा दाजुभाईहरुले धुमधामका साथ मनाएका हुन ।
यसै अवसरमा कपिलवस्तुको बुद्द्भुमी नगरपालिका वडा १ का वडा अध्यक्ष तेज बहादुर बस्नेत तिलकले आफ्नी स्व आमा गोमादेवी बस्नेतको सम्झनामा तारकेश्वोर धाम बुद्धभुमी १ पत्थरकोटलाई अक्षयकोष स्थापनार्थका लागि रु १,११,१११र सहयोग प्रदान गर्नु भएको छ ।
साथै यसै अवसरमा शिक्षक बलराम बस्नेत ले पनि मन्दिरका लागि १ वटा पन्खा सहयोग प्रदान गर्नु भएको छ।
विभिन्न सामाजिक कार्यमा सक्रिय रहेका वडा अध्यक्ष बस्नेत र शिक्षक बस्नेतलाई पत्थरकोट बासीले खुलेरै प्रसंसा गरेका थिए।

प्रतिक्रिया