

आईपीएल क्रिकेट यूएईमा गर्न भारतको स्वीकृति



ई–साझाकुरा, साउन १९
भारत सरकारले इन्डियन प्रिमियर लिग (आईपीएल) यूएईमा आयोजना गर्नका लागि अनुमति दिएको छ ।
आईपीएलको गभर्निङ बडीले भारत सरकारबाट यूएईमा आईपीएल आयोजनाका लागि अनुमति पाएको हो । सरकारको अनुमति पाएसँगै १३ औं संस्करणको आईपीएल यूएईमा हुने पक्का भएको छ ।

यसअघि भारतीय क्रिकेट नियन्त्रण बोर्डले यूईमा आईपीएल गर्ने जनाएको थियो । तर भारत सरकारबाट अनुमति पाइसकेको थिएन । आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुनेछ । आईपीएलको गभर्निङ बडीले हरेक टिममा २४ खेलाडी राख्न पाइने नियम समेत बताएको छ । कोरोना महामारीको कारण बीसीसीआईले युएईमा आईपीएल गराउने निर्णय गरेको हो ।
एसिया कप र ट्वान्टी ट्वान्टी विश्वकप यस वर्ष स्थगित भएसँगै आईपीएल आयोजनाको बाटो खुलेको हो ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया