



कतारले तोक्यो श्रमिकको न्यूनतम पारिश्रमिक, अब करार नसकिंदै पनि काम फेर्न पाइने


ई–साझाकुरा, भदौ १५\
कतारले श्रमिकको न्यूनतम ज्याला तोकेको छ ।आइतबार कतारको श्रम तथा सामाजिक विकास मन्त्रालयले श्रमिकको न्यूनतम ज्याला कम्तिमा एक हजार कतारी रियाल तोकेको अलजजिराले खबरमा उल्लेख गरेको छ । मन्त्रालयले न्यूनतम पारिश्रमिकसँगै ५ सय कतारी रियाल बस्नका लागि र ३ सय रियाल खानका लागि तोकेको छ ।
यो नियम यसअघि करार सम्झौतामा उल्लेख गरे पनि दिने गरिएको थिएन । तर अब भने कतार जाने श्रमिकले खान, बस्न र मासिक तलबसहित न्यूनतम १८ सय कतारी रियाल पाउनेछन् ।

यस्तै कतार सरकारले श्रमिकले काम परिवर्तन गर्दा रोजगारदाताको अनुमति लिनुपर्ने नियम पनि खारेज गरेको छ । अब श्रमिकले चाहेमा सूचना दिएर करार अवधिभन्दा अघि नै पनि बिना अवरोध रोजगारदाता परिवर्तन गर्न सक्नेछन् । श्रमिकले आफूले काम गरेको अवधि अनुसार एक महिना वा दुई महिनाको पूर्व जानकारी दिनु पर्छ ।
कतार सरकारले जारी गरेको न्यूनतम पारिश्रमको नियम कतारको राजपत्रमा प्रकाशित भएको ६ महिनापछि कार्यान्वयनमा आउनेछ । कतार सरकारको यो निर्णयको अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओले पनि स्वागत गरेको छ । आइएलओले कतार सरकारको यो निर्णय श्रमिकहरुका लागि कोशेढुङ्गा सावित हुने बताएको छ ।
खाडीको देश कतार नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य देशमध्ये एक हो । कतारले सन् २०२२ को विश्वकप आयोजना गर्ने निश्चित भएसँगै आप्रवासी श्रमिकमाथि लगाएका विभिन्न नियमहरु परिवर्तन गरिरहेको छ । कतार सरकारको पछिल्लो यो निर्णयले कतारमा कार्यरत नेपाली श्रमिकलाई पनि फाइदा पुग्नेछ ।
यसअघि कफाला नियमले श्रमिकलाई श्रम शोषणमा पारेको थियो । तर कतारले पछिल्लाे समय गरेकाे यी निर्णयले कफाला प्रणालीलाई कमजोर बनाउदै लैजाने विश्वास लिइएको छ ।
कतारबाट श्रमिकले चाहेमा कतारको श्रम कानुन अनुसार श्रमिकहरु रोजगारदाताको अनुमति बिना नै स्वदेश फर्कन सक्छन् । कतार सरकारको यो निर्णयले श्रमिक र रोजगारदाता दुवैलाई फाइदा पुग्ने विश्वास लिइएको छ ।
श्रमिकले रोजगारदाता परिवर्तन गर्न पाउँदा रोजगारदाताले पनि आफ्नो काममा उपयुक्त श्रमिक छान्ने पाउनेछन् । यसले दुवै पक्षलाई फाइदा पुग्छ ।

खबर सबै
-
लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि , सुदूरपश्चिम फेरि स्तब्ध
-
एनपिएल फाइनलमा सुदूरपश्चिम–लुम्बिनीको निर्णायक भिडन्त
-
१४ वर्षपछि सुआरेजसँग भारत आइपुगे मेसी, तीन दिनमा चार सहर भ्रमण गर्ने
-
‘बनगाइ–मोतिपुर–कपिलधाम’ सडक निर्माण तीव्र गतिमा, ६ महिनामै सम्पन्न गर्ने निर्माण कम्पनीको लक्ष्य
-
पाल्पामा फोर्स मिनीबस दुर्घटना: तीनको मृत्यु, आठ जना घाइते
-
मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री, आज ४ जनाको शपथ
-
‘बनगाइ–मोतिपुर–कपिलधाम’ सडक निर्माण तीव्र गतिमा, ६ महिनामै सम्पन्न गर्ने निर्माण कम्पनीको लक्ष्य
-
पाल्पामा फोर्स मिनीबस दुर्घटना: तीनको मृत्यु, आठ जना घाइते
-
मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री, आज ४ जनाको शपथ
-
एकैदिन ३५ सय रुपैयाँले बढ्यो सुनको मूल्य
-
जिल्लामै पहिचान बनेकाे कपिलवस्तु महाेत्सवकाे १६ औं राैनकता: पर्दा पछाडि पाैडेलकाे सक्रियता, बढ्दै मेलाकाे भव्यता
-
एनपीएल फाइनल भिडन्त भोलि : आम्नेसाम्ने हुँदै राष्ट्रिय टिमका कप्तान र उपकप्तान







प्रतिक्रिया