

कवि लेखनाथ घिमिरेको झझल्को भित्रको “भातृप्रेम”


लेखनाथ घिमिरे/कविता
आदार सम्मान राख्दा राख्दै ज्यादै हेप्दा रैछन् ।
साथी भाई ईष्टमित्र उनकै मात्रै रैछन् ।।
भातृ प्रेम राखी उनलाई सँगै हिड्न गारो ।
आफ्नो मन त स्वच्छ थियो उनको मन सारो ।।
एक्लै हिडे भन्दा गारो भाई सँग जाँदा ।
स्वच्छ मनले बोल्दा पनि पर्दे रहिछ बाधा ।।
कोही कसैका दाजुभाई कस्तो गरी रम्छन् ।
भाईका मन रुवाउने कोही दाजुका ढङ्छन् ।।
भातृप्रेम राखी मनमा संसार डुल्ने देख्छु ।
त्यस्तै सबै बनौँ भनी म कविता लेख्छु ।।
भाईसँग कैले पनि स्वच्छ मनले बोल्नु ।
दुःख पिरका व्यथा भए हृदयलाई खोल्नु ।।
दाजुभाईमा रिस गरे शत्रु रमाउँछन् ।
भातृप्रेम राम्रो देखे मतो जमाउँछन् ।।
भातृप्रेम जागोस मनमा आफ्नो ज्ञानले बुझी ।
भातृप्रेम राम्रो देखे मातापिता खुसी ।।
भुक्ने कुत्ता असल त नभुक्नेले टोक्छ ।
भाई मार्ने दाजीले त दुःख आपत भाग्छ ।।
तुच्छ ठान्छ हृदयले लक्ष्मी ती गाईलाई ।
मार्ने गर्दछन कलिमा मूर्खहरु भाईलाई ।।
म त जन्मिदै दुःखी, दुःखै दुःखमा रमाउँछु ।
च्याप्नेले च्यापी राख म आफै कर्म ठमाउँछु ।।
हे ईश्वर दुःख, बढाईदेउ मलाई ।
असर नपारिदेउ, कतै सुखिलाई ।।
सके जति च्याप तिमी उठ्न नदेउ मलाई ।
जीवीत शवलाई तिमी फ्याँकिदेउ जलाई ।।
दुष्टको मन कतै, आउँदैन पलाई ।
गर्न चाहन्नन् उनी कसैको भालाई ।।


खबर सबै
-
जास्मिन बड्स स्कुलका विद्यार्थीलाई स्काउट अभिमुखीकरण
-
बाणगंगा नदीमा नुहाउन गएका दुई बालक बेपत्ता
-
शुक्रबारदेखि सम्पर्कविहिन बनेका पुर्व मेयर सिंहको अन्तत शव फेला
-
बाणगंगा ९ जिनुवामा माछा मार्न गएका बालकको कुलोमा डुबेर दुःखद मृत्यु
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’






प्रतिक्रिया