

चोरीका घटना बढेपछि कपिलवसतुमा समुदायको रात्री गस्ती



ई–साझाकुरा, भदौ १३
बाणगंगा नगरका विभिन्न स्थानमा पछिल्लो समय श्रखला बद्ध चोरीका घट्ना घट्दै जान थालेपछी स्थानिहरुले रात्री गस्ती अभियान संचालन गरेका छन् ।
जिल्लाको बाणगंगा नगरपालिका अन्र्तरगतका लक्ष्मणघाट, भग्लापुर, सुठौली , अमौली, बनकसिया, प्रतिडाडा, मनहरापुर बनगाई लगाएका स्थानमा स्थानियले समुह बनाई रात्री गस्ती अभियान सुरु गरेका हुन् ।
बाणगंगामा पछिल्लो समय १ दर्जन बढी चोरीका घट्नाहुदा समेत प्रहरी निरिह बन्दै गएपछी स्थानिय जागृप भएको लक्ष्मणघाटका स्थानिय हुमनाथ भट्टराईले जानकारी दिए । यता केहिदिन अघि मध्यरातमा बनगाई राजमार्ग छेउकै घरबाट लाखौको गरगहना सहितको धनमाल चोरी हुदा समेत प्रहरीले अनुसन्धानमा चासो नदेखाएको स्थानियहरुको दुखेसो छ । सो घट्नाबारे एक पुर्व प्रहरीले भने प्रहरीले तदारुक्ताका साथ चासो देखाउने हो भने चोरी पत्ता लगाउन सक्ने बताउँछन् ।

यस विषयमा ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख आयुष जोशिले आफुहरु अनुसन्धानमै रहेको तर लकडाउनका कारण केहि समस्या भएको बताउदै , सि.सि. क्यामरा भरपर्दो भएको र कल डिटेलको प्रकृयामा भएको जानकारी दिए ।
यता श्रखला बद्ध चोरी हुने क्रम बढ्दै जादा , र स्थानिहरुको रात्री गस्ती हुँदा समेत कतिपय ठाँउहरुमा चोरी हुने क्रम नरोकिएपछी बोलबम धामका अध्यक्ष एवम् गस्ती अभियानका संयोजक रणबहादुर काउचाले घर बाहिर जाँदा छिमेकिलाई जानकारी गराएर , मात्र निष्कन र घरका सवै सदस्य बाहिर भएको फोटा सामाजिक संजालमा पोष्ट नगर्न अनुरोध गरेका छन् ।
उनले विभिन्न गाउँका गस्ती अभियानलाई सकृय बनाउन आफुहरु राउण्डिङ्ग गस्तीमा समेत निस्कने गरेको बताए । गाउलेको बैठक गरि गस्ती शुरु गरेको र स्थानियहरु रातभर जाग्राम बसी गस्ती गर्ने गरेको शिवशक्ती टोल विकास संस्थाका उपाध्यक्ष गुरु प्रसाद थारुले बताए ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया