

आजसम्मकै ठूलो धनराशी पुरस्कार भएको टिकटक प्रतियोगिता बराहक्षेत्रमा हुँदै



ई–साझाकुरा, भदौ १२
प्रदेश नम्बर एक स्थित सुनसरीको बराहक्षेत्रमा आजसम्मकै ठूलो धनराशी पुरस्कार भएको `सदाबहार राष्ट्रिय टिकटक स्टार प्रतियोगिता २०७७´ हुने भएको छ। आज (बिहीबार) पत्रकार भेटघाट गर्दै सदाबहार मिडिया प्रालिद्वारा आयोजना हुन गइरहेको उक्त प्रतियोगिता आगामी भाद्र १३ गतेदेखी कार्तिक २८ गतेसम्म संचालन हुने जनाईएको हो। प्रतियोगिताको पहिलो चरण अन्तर्गत भाद्र १३ गतेदेखी २८ गतेसम्म आबेदनको रुपमा सहभागीले सदाबहार मिडियाको अफिसियल पेजमा आफ्नो टिकटक भिडियो लिंक पठाउनेछन भने त्यसमध्ये भ्युजको आधारमा उत्कृष्ट १०० सहभागीलाई दोस्रो चरणमा प्रवेश गराइने कार्यक्रम संयोजक देब भट्टराईले बताए। असोज १९ गते दोस्रो चरणमा उत्कृष्ट २० जनाको भिडियोमा आएको भ्युजको आधारमा छनोट गरिनेछ। क्रमशः ५ औं चरणसम्म भोटिङको आधारमा उत्कृष्ट १५, १०,५, ३ र फाइनल क्रमशः असोज २७, कार्तिक ६, कार्तिक १४, कार्तिक २१ र कार्तिक २८ गते बिजेता घोषणा गरिने बिज्ञप्तीमा उल्लेख गरिएको छ। सहभागीले अर्को चरणमा प्रवेश गरेपछि प्रत्येक नयाँ चरणमा नयाँ भिडियो पठाउनुपर्ने र अश्लीलता भएको भिडियो अमान्य हुने, कुनै जात, धर्म, पेशा, समुदाय र राष्ट्रियतामा आच आउने खालको भिडियो भएमा मान्य नहुने व्यवस्थापक रमेश यादबले जानकारी दिए।

आयोजकले प्रतियोगिताको विशेष: प्रतियोगीले आवेदन शुल्क तिरेको रसिद, नाम, ठेगना, सम्पर्क नम्बर सदाबहारको फेसबुक पेजमा इन्बक्स गर्नुपर्ने, १५ सेकेन्ड भन्दा माथीको नेपाली भाषाको भिडियो हुनुपर्ने, सहभागीले आफ्नै अभिनयको भिडियो पठाउनुपर्ने, सहभागीले सर्त पालना नगरे भिडियो रद्द गरिने र आवेदन शुल्क फिर्ता नहुने लगाएतका नियमहरु राखेको प्रतियोगिताका प्रबक्ता किरण चौलागाईंले बताए। आजसम्मकै ठूलो धनराशी पुरस्कार भनिएको सो प्रतियोगितामा प्रथम हुनेले सप्रमाणपत्र नगद रु. १ लाख ५० हजार, द्वितीय र तृतीय हुनेले क्रमशः नगद रु. १ लाख र ५० हजार र प्रमाणपत्र प्राप्त गर्ने आर्थिक संयोजक भरत खड्काले बताए।
उनका अनुसार यो प्रतियोगिता व्यापार गर्ने उदेश्यले गरिएको भन्दा पनि फुर्सदको सदुपयोग गरिएको हो। यसअघि बराहक्षेत्रलाई मात्र लक्षित गर्दै प्रथम बराहक्षेत्र टिकटक प्रतियोगिता गरिसकेको सदाबहार मिडिया प्रालिले यसपटक `भिडभाड रहित दशै मनाऔ, सामाजिक दुरी कायम गर्दै टिकटकमा रमाऔ´ भन्ने नाराका साथ राष्ट्रव्यापी रुपमा संचालित भएको हुदा नेपालमा स्थायी बसोबास गरि हाल बिश्वका जुनसुकै ठाउमा भएकाले पनि सहभागी हुन पाउने सदाबहार मिडिया प्रालिका अध्यक्ष भवानी धिमालले बताए। उनले भने, हामीले बुझेका छौ कि यो कठिन परिस्थिति छ। त्यसैले हामीले यसको सदुपयोग र लुकेर बसेका कलाहरुलाई स्थान दिएका हौ।
प्रतियोगितामा भाग लिन सहभागीले रु. १०० प्रवेश शुल्क स्वरुप आयोजकले तोकेको khalti एप, आई.एम.इ पे मार्फत बुझाउनुपर्ने छ।


खबर सबै
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन






प्रतिक्रिया