

कपिलवस्तुमा कोरोनाका कारण तेस्रो व्यक्तिको मृत्यु , को हुन् मृतक



ई–साझाकुरा, भदौ ११
कपिलवस्तुमा कोरोना संक्रमित तेस्रो व्यक्तिको मृत्यु भएको छ । कोरोना बिशेष अस्पताल बुटवलमा उपचाररत कपिलवस्तु न.पा. वाड न २ का ५० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताउनुभयो ।
कोरोना संक्रमित बिरामी लामो समय देखि उच्च रक्तचाप, मधुमेहको समेत बिरामी रहेको र उहाँको उपचारका क्रममा मृत्यु भएको थापाको भनाई छ । उनको भदौँ पाँच गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालयका पुर्व कार्यालय सहयोगी समेत रहनुभएका उहाँ हाल भने सिँचाई विकास डिभिजन कार्यालय कार्यालयमा कार्यरत रहनुभएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यस्तै सिँचाई विकास डिभिजन कार्यालय कपिलवसतुका प्रमुख नेत्र बोहोराका अनुसार मृतक पुरुष साउन २१ गते सम्म मात्रै कार्यालयमा नियमित रहनुभएको र स्वास्थ्यमा अन्य समस्या देखिएपछि घरमै आराम गर्न भनिएको थियो । उहाँमा मृगौलाको समस्या सँगै सुगर तथा उच्च रक्तचापको समेत समस्या रहेको बोहोराले बताउनुभयो । केहि दिन अघि मृगौलाको डायलासिस गर्न अस्पताल गएका बेला उहाँमा कोरोना परिक्षण गरिएको थियो ।
सोही क्रममा उनमा कोरोना पोजेटिभ देखिएको हो । कार्यालयका अन्य कर्मचारीहरु उहाँको सम्पर्कमा भने नरहेको पनि उहाँले जानकारी दिनुभएको छ । यो सँगै कपिलवस्तुमा कोरोनाका कारण ज्यान गुमाउनेहरुको संख्या तीन पुगेको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया