

सैफ अली खानको तयारी, आत्मवृत्तान्त दर्शकमाझ पस्कने



भदौ १०, एजेन्सी
फिल्म उद्योगमा दुई दशकभन्दा बढी समय बिताएपछि सैफ अली खान अर्को वर्ष आफ्नो आत्मवृत्तान्तलाई दर्शकमाझ पस्कनेछन् । यसका लागि उनले हार्पर कलिन्ससँग सम्झौता गरेका छन् । उक्त आत्मवृत्तान्तमा उनको फिल्म र नीजि जीवनबारे जानकारी हुने बताइएको छ । सैफले पहिलो पटक आफ्नो नीजि जीवनबारे खुलासा यसमार्फत् गर्नेछन् ।
सैफले आफ्नो घर, परिवार, सफलता, विफलता र त्यसको आफ्नो जीवनमाथि परेको प्रभाव र प्रेरणाबारे पनि खुलासा गर्नेछन् । यसको पुष्टि उनी आफैंले गरेका छन् । सैफ अली खानले भनेका छन्, ‘धेरै कुरा परिवर्तन भए र समयसँगै यदि हामीले यसलाई दस्तावेजमा परिणत गरेनौं भने याद, यात्रा, उतार–चढावसँग जोडिएका कुरा कतै हराउनेछन् । यसै कारण आत्मवृत्तान्त ल्याउने निर्णय गरेको छु ।’
‘स्मरणको मार्गमा हिँड्नु निकै रमाइलो हुनेछ । मेरा बारे कति कुरा भनिएका छैनन्, कति कुरा सार्वजनिक भएका पनि छैनन् । यस्ता कुरालाई हरसम्भव जानकारी दिने प्रयास गर्नेछु । मलाई आशा छ अरु मानिसहरुले पनि निश्चित रुपमा पुस्तकको आनन्द लिनेछन् ।’
सैफले ५० बढी फिल्ममा अभिनय गरेका छन् र आफ्नो कामका लागि राजिव गान्धी पुरस्कार, पद्म श्री र राष्ट्रि फिल्म पुरस्कारबाट उनलाई सम्मानित गरिएको छ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया