

कोरोना र आँधी नियन्त्रणमा तयारी अवस्थामा बस्न किम जोङको निर्देशन



भदौ १०, उत्तर कोरियाली नेता किम जोङ उनले कोरोना भाइरस महामारी र आँधीबाट क्षति हुन सक्ने भन्दै तयारी अवस्थामा रहन उत्तर कोरियाली अधिकारीहरुलाई चेतावनी दिएका छन् ।उनको स्वास्थ्यलाई लिएर विभिन्न अड्कलबाजी पछि उनी पार्टीको बैठकमा उपस्थित भएका हुन् ।
उत्तर कोरियाले अहिलेसम्म कसैमा पनि कोभिड–१९ को सङ्क्रमण भएको पुष्टि गरेको छैन र एक ठूलो प्रकोपको प्रभावले देशलाई विनाशतर्फ धकेल्ने बताएका छन् । यसैबीच यो हप्ताको अन्त्यमा उत्तर कोरियामा ताइफून बाभी ९आँधी० आउन सक्ने अपेक्षा गरिएको छ ।
मङ्गलबार पार्टीको पोलिटब्युरो बैठकमा उत्तर कोरियाली नेता अन ९जो धुम्रपान गर्दै बोलिरहेका थिए० ले कोरोना भाइरस र यही हप्ताको अन्त्यतिर प्रवेश गर्ने भनिएको आँधीबाट बच्न निर्देशन दिएका हुन् ।
उत्तर कोरियाको राजधानी प्योङयाङले लामो समयसम्म देशमा कोरोना भाइरसको सङ्क्रमण नभएको बताएको थियो तर पर्यवेक्षकले भने यसमा आशङ्का गरेका थिए ।
एक जना संदिग्ध बिरामी भेटिएपछि दक्षिण कोरियाको एक सीमावर्ती शहरमा लकडाउन गरिएको थियो तर कोरोना सङ्क्रमणको आधिकारिक पुष्टि भएको थिएन ।
लामो समयसम्म सार्वजनिक नभएपछि र आफ्नी बहिनी किम यो जोङलाई आफ्नो अधिकार सुम्पिएपछि किम जोङको स्वास्थ्यलाई लिएर अफवाह फैलिएको थियो ।
उत्तर कोरियाली नेताको स्वास्थ्यको बारेमा अड्कलबाजी असामान्य होइन तर अहिलेसम्म सधैँ गलत साबित भएको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया