काठमाण्डौ टिचिङ्ग अस्पतालबाट शव लिएर दाङ्ग जादै गरेको गरेको भे १ च २८९८ नम्वरको एम्वुलेन्स लामो दुरीका कारण चालक निदाउदा र एम्वुलेन्सको गति तिब्र रहेकोले सो दुर्घटना भएको चालकले वताएका छन् । एम्वुलेन्स विद्युत पोलमा गएर ठक्कर खाएको थियो भने विद्युतको पोल एम्बुलेन्सको माथि खस्दा समेत कुनै मानवीय क्षति भनेको छैन् ।
एम्वुलेन्सले मृगौला फेल भएर मृत्यु भएको शव लिएर दाङ्ग तर्फ जादै गरेको अवस्थामा मध्य वनगाईमा दुर्घटना परे पछि स्थानीय प्रत्यक्षदर्शिले प्रहरी खवर गरे पछि एम्बुलेन्स माथि र वरिपरी बिद्युतका तारले जेलीएको हुदा विद्युत काटिए पछि मात्र एम्वुलेन्सबाट चालक र लाई वाहिर निकालिएको हो । चालक लाई भने कुनै चोट पटक समेत लागेको छैन् भने एम्बुलेन्स सामान्य क्षति भएको छ ।
प्रतिक्रिया