

लिवर्टी इनर्जीको शेयरमा देखियो लगानीकर्ताको आकर्षण



ई-साझाकुरा, भदौ ७
लिवर्टी इनर्जीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । आइतबार कार्यालय समयसम्म आवेदन दिने म्यादसम्ममा १ लाख ८६ हजार आवेदकले ७१ लाख ६८ हजार १ सय १० कित्ताका लागि आवेदन गरेको बिक्री प्रबन्धक एनआईबीएल क्यापिटलले जनाएको छ ।
लिबर्टीको ३५ लाख ६४ हजार ९ सय ३० कित्ता शेयर अघिल्लो साता बुधबारदेखि बिक्रीका लागि खुला गरिएको थियो ।
यो कम्पनीले अहिले बडिगाडखोलामा २४.६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । त्यस्तै, लमजुङको लोदोखोला साना जलविद्युत् आयोजनामा १.६ मेगावाटको आयोजना समेत निर्माण गरिरहेको छ । दुवै आयोजनाको औसत प्रतिमेगावाट लागत १८ करोड ५४ लाख रुपैंया रहेको सो कम्पनीले जनाएको छ । यो लागत अन्य हाइड्रोपावरको तुलनामा औसत हो ।
कम्पनीले गरेको लगानी ८ वर्षमा फिर्ता भइसक्ने जनाइएको छ । अघिल्लो वर्ष प्रतिशेयर नेटवर्थ १ सय रुपैंया रहेको सो कम्पनीको शेयरमूल्य १ सय देखि ३ सय रुपैंयासम्ममा पहिलो कारोबार हुनेछ ।


खबर सबै
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा







प्रतिक्रिया