

बिक्री भयो महात्मा गान्धीको चश्मा, मुल्य साढे २ करोड भारूमा



एजेन्सी, ६ भदाै
महात्मा गान्धीले प्रयाेग गर्ने गरेकाे सम्भवतः पहिलाे चश्मा लिलामीमार्फत बिक्री भएकाे छ । लिलामीमा राखिएकाे गान्धीकाे चश्मा एक अमेरिकी संकलकले भारू २ करोड ५५ लाखमा किनेका हुन् ।
लिलामी एजेन्सी इस्ट ब्रिस्टल अक्सनले आफूलाई सो चश्मा अगस्ट ३ मा एउटा सादा खाममा प्राप्त भएको जनाएको छ । एजेन्सीका एन्ड्रयू स्टोका अनुसार चश्माको लिलामीबाट १४ लाख बढी रकम प्राप्त गर्ने आशा राखिएको थियो । तर साेचेभन्दा बढी माेलमा उक्त चश्मा बिक्री भयाे । उक्त एजेन्सीका मालिक म्यानगाट्सफिल्डले लिलामीबाट प्राप्त रकम आफ्नी छोरीसँग बाँड्ने बताएका छन् ।

बिबिसीका अनुसार गान्धीलाई उक्त चश्मा उनी दक्षिण अफ्रिकामा कार्यरत रहँदा उनका काकाले दिएका थिए । यसकाे अुनसन्धानबाट गान्धीले चश्मा लगाएकाे समय र अन्य प्रमाणका अाधारमा याे गान्धीकै पहिलाे चश्मा हुन सक्ने तथ्य पत्ता लागेकाे बताइएकाे छ ।
इस्ट ब्रिस्टल अक्सनका एन्ड्रयू स्टोले भने, ‘करिब ५० वर्षसम्म यो चश्मा यत्तिकै दराजमा थन्किएको थियो । यसलाई लिलाम गर्न चाहने मानिसले एक समय चश्माले आफूलाई कुनै फाइदा नभएकोले फ्याँकिदिन चाहेको बताएका थिए । तर अहिले यस्तो रकम पाए, जसले उनको जीवन बदल्नेछ ।’


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया