अरिङ्गालको टोकाईबाट प्युठानमा एक बालकको मृत्यु

ई–साझाकुरा, भदौ ५

अरिङ्गालको टोकाइबाट प्युठानमा १० वर्षीय बालकको मृत्यु भएको छ। झिमरुक गाउँपालिका वडा नं ६ दहखोलाका अरविन गिरी बिहीबार बिहान घर नजिकैको सिसौको रुखमा बसेको अरिङ्गालले एक्कासी आक्रमण गरी टोकेर घाइते भएका थिए।

घाइते गिरीको प्युठान अस्पताल विजुवारमा उपचारको गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए।

प्रतिक्रिया

खबर सबै